झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर समेत रहेकाे
जिल्लाकाे भद्रपुर नगरपालिकामा एमालेले बाजी मारेको छ । एमालेले मेयर र
उपमेयर दुवै पदमा जित हासिल गरेको हो । एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत
पाए ।
त्यसैगरी, उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन् ।
उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् ।श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी
कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन् । नेता सिटौलाले मतदान गरेको वडा नं. १० मा पनि एमालेको प्यानलै विजयी
भएको छ । त्यो वडामा एमालेका टेकबहादुर खड्का (काजी)ले जित निकालेका हुन् । यहाँको १० वडामध्ये ७ वडा एमाले, २ कांग्रेस र १ माओवादीको पोल्टोमा परेको छ ।
No comments:
Post a Comment