ट्रमा सेन्टर दक्षिण एसियामै नमुना बनाउने कसरत - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 11, 2017

ट्रमा सेन्टर दक्षिण एसियामै नमुना बनाउने कसरत

                                                            ट्रमा सेन्टरको स्पाइन सेवा


 नमुना बन्दै ट्रमा सेन्टरको स्पाइन सेवा


घाँस काट्दा रूखबाट खसेर गम्भीर घाइते बनेकी रुकुमकी सीता बुढामगरले जीवनप्रति आशा मारिसक्नुभएको थियो । दुर्गम ठाउँ, जिल्ला अस्पताल जानै घन्टौं लाग्ने ।छिमेकीको सहयोगमा उहाँलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइयो । सेन्टरको 'स्पाइन युनिट' मा भर्ना गरेको केही दिनमै चिकित्सकले उहाँको भाँचिएको मेरुदण्डको शल्यक्रिया गरे । शल्यक्रियाको एक सातापछि उहाँ उभिनसक्ने हुनुभएको छ । 'मैले त जीवनप्रति नै आस मारिसकेकी थिएँ तर यहाँ आएर उपचार गरेपछि निको भएँ,' सीताले  भन्नुभयो ।

ट्रमा सेन्टरको 'स्पाइन युनिट' मा पुग्दा यस्तो भाव नगर्ने सायदै बिरामी भेटिन्छन् । ट्रमाले दुर्घटना, चोटपटक र विभिन्न संक्रमणका कारण मेरुदण्डसँग सम्बन्धित समस्या बोकेर आएका बिरामीलाई सस्तो मूल्यमा उपचार सेवा दिइरहेको छ । र, नयाँ जीवन लिएर जाने र उपचारका लागि आउने बिरामीको संख्या बढ्दै छ । कारण हो, युनिटको सही नेतृत्व, दक्ष चिकित्सक, अत्याधुनिक उपकरण तथा पूर्वाधारको समुचित व्यवस्था, चुस्त व्यवस्थापन अनि चिकित्सकमा केही गर्छु भन्ने अठोट ।

ढाडमा नसा च्यापिएकी धरान-६ की यशोधा चौधरीले सात वर्षसम्म औषधि, थेरापी, झारफुकलगायत अनेकौं विधिको सहारा लिनुभयो । धरानका दर्जनौं निजी अस्पताल धाउँदा पैसा मात्रै सकियो । छोराछोरीको सहयोगमा उहाँ उक्त युनिट आइपुग्दा नयाँ जीवन पाउनुभएको छ । 'जीवनदेखि हार खाएको थिएँ । उपचार गर्दागर्दै १४ लाख सकिसकेको थियो । यहाँ अप्रेसनका लागि थोरै पैसा तिर्नुपर्‍यो तर जीवन बाँच्यो,' मेरुदण्डको शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेकी चौधरीले भन्नुभयो । सीता र यशोदा मात्र नभई सेन्टरमा सयौं अन्य बिरामी नयाँ जीवन पाएर फर्किएका छन् ।

स्पाइनल युनिटमा मेरुदण्डमा चोटपटक लागेका, विभिन्न रोगका कारण संक्रमण फैलिएका, नसा च्यापिएका, क्यान्सर भएका वा ढाड बांगिएका बिरामीको उपचार भइरहेको छ ।

उक्त युनिटमा हरेक प्रकारका 'स्पाइन इन्जुरी' को उपचार भइरहेको छ । अस्पतालका स्पाइन सर्जन डा. गौरवराज ढकालका अनुसार साढे एक वर्षमा एक ६० वटा जटिल शल्यक्रिया भएका छन् । प्राय: सरकारी अस्पतालका चिकित्सकप्रति बिरामीको गुनासो हुन्छ समय धेरै नपाएकोमा । युनिटमा नियमित रूपमा सातामा ५ वटासम्म शल्यक्रिया भइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here