भद्रपुर नगरका सडक विस्तार तथा स्तरीकरणको काम गुणस्तरहिन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 11, 2017

भद्रपुर नगरका सडक विस्तार तथा स्तरीकरणको काम गुणस्तरहिन

भद्रपुर बचाउ कार्यक्रम अन्तर्गत गत वर्षबाट सुरु भएको भद्रपुर नगरका सडक विस्तार तथा स्तरीकरणको काम गुणस्तरहिन भएको पाइएको छ । सघन सहरी विकास योजनामार्फत काम भइरहेको सडकका अधिकांश काम गुणस्तरहिन हुँदा वर्षाका कारण भत्कन थालेपछि गुणस्तरमाथि प्रश्न उठेको हो । पछिल्लो पटक चन्द्रगढीको लेखनाथ चौक दक्षिण मन्त्री चौक सडकखण्डको सडक विस्तारको काम गुणस्तरहिन भएकै कारण सडक किनारामा निर्माण भएको नाली भत्कन थालेको छ । ६ किलोमिटर लम्बाई रहेको सो सडक निर्माणको जिम्मा अरनिको हेविटेस जलथलले लिएको छ । ८ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको सो सडक निर्माण जेठ १ गतेबाट सुरु भएको थियो । 

भद्रपुर–७ स्थित सरस्वती आधारभूत विद्यालयसँग जोडिएको बोक्तावारी सडक खण्डमा निर्माण भएको ५ सय मिटर नाली स्लेपमध्ये झण्डै १५० मिटर जति सोमबार रातिको वर्षापछि भत्किएको छ । कमसल सामग्री प्रयोग हुँदा सडक निर्माणको गुणस्तर कमजोर रहेको भन्दै स्थानीय बासिन्दाले गुनासो पोखेका छन् ।

सडक गुणस्तर हेर्ने सहरी विकासका इञ्जिनियरले निर्माण कम्पनीबाट रकम असुलेर निर्माण गुणस्तर चेकजाँच नगरेको स्थानीयको आरोप छ । स्थानीय विष्णु राजवंशीका अनुसार सडक निर्माण कम्पनीको काम कमसल रहेको जानकारी पटक–पटक सहरी विकासका इञ्जिनियरलाई गराइए पनि बेवास्ता गरेपछि वर्षा सुरु भएयता सडकको पर्खाल भत्कन थालेको हो । निर्माण सुरु हँदै चर्केको पर्खाल ढल्न थालेपछि निर्माण कार्यमा प्रश्नचिन्ह उठेको छ ।

यता निर्माण कम्पनीका निर्देशक पुष्पराज निरौला सडक विस्तार तथा नाली स्लोप निर्माणको काम गुणस्तरीय रहेको दावी गर्छन् । वर्षाका कारण ६० मिटर जति नाली स्लोप भत्केको उनले स्वीकार गरे । यसलाई हेरेर गुणस्तरहिन भन्न नमिल्ने उनले तर्क गरे ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here