अाजबाट ५ हजार २ सय किलोलिटर पेट्रोल अटाउने तीन वटा ट्यांकी तयार - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 9, 2017

अाजबाट ५ हजार २ सय किलोलिटर पेट्रोल अटाउने तीन वटा ट्यांकी तयार

काठमाडौं उपत्यकामा इन्धन बाँड्ने आयल निगमको थानकोट डिपोलाई सुद्धिकरण गरिएको छ । डिपोमा रहेका पेट्रोल, डिजेल र मट्टितेलका ट्यांक सफाइ र रङ्गरोकन गरिएको छ । त्यस्तै पेट्रोलको भण्डारण क्षमता वृद्धि गरिएको छ ।

१ हजार १ सय किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको थानकोट डिपोमा आइतबारदेखी ५ हजार २ सय किलोलिटर पेट्रोल अटाउने तीन वटा ट्यांकी तयार गरिएको छ । निगम प्रवक्ता सिताराम पोख्रेलका अनुसार २ हजार १ सय किलोलिटर क्षमताका २ वटा नयाँ पेट्रोल ट्यांकी थपिएको छ । ‘थपिएको २ वटा ट्यांकीमा ४ हजार २ सय किलोलिटर पेट्रोल भण्डारण गर्न सकिन्छ’ उनले भने, ‘पहिलो देखी नै १ हजार १ सय किलोलिटरको भण्डारण पनि कायम छ ।’ कूल ५ हजार ३ सय किलोलिटर भण्डारण क्षमता भएपछि थानकोट डिपोबाट बितरण हुने स्थानमा करिब १० दिनका लागि वितरण गर्न पुग्ने उनले बताए ।

‘अब कुनै कारणबस आपूर्तीमा असहज भएपनि थानकोट डिपोमा रहेको मौज्दातले १० दिन धान्न सकिन्छ’ उनले भने । थानकोट डिपोले दैनिक औषतमा ५ लाख लिटर पेट्रोल बितरण गर्दै आएको डिपो प्रमुख नेत्र काफ्लेले जानकारी दिए । थानकोटमा तेल ओसार्नका करिब ४ सय ट्यांकर परिचालन गरिएको उनले बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here