घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टि एउटा
ग्रन्थी हुन्छ । जसलाई हामी थाइरोइड भन्छाैँ । यो पुतलीको आकारको हुन्छ ।
यसलाई ग्रामीण भेगतिर गलगाँड भनेर पनि चिनिन्छ । त्यसैगरी, शरीरमा आवश्यकताभन्दा बढी हर्मोन उत्पादन भएमा हाइपर
थाइरोडिज्म भनिन्छ । वंशाणुगत रूपमा सर्ने भएकाले बाबुआमालाई यो रोग भएमा
सन्ततीलाई पनि हुने सम्भावना अधिक हुन्छ ।
हाइपरथाइरोइडिज्मको लक्षण के हो ?
- एक्कासि धेरै मात्रामा तौल घट्नु ।
- हात काम्नु ।
- मुटुको धड्कन तीव्र तथा अनियमित हुनु ।
- धेरै पसिना आउनु ।
- हतास तथा चिट्चिटाहट हुनु ।
- कपालले हाँगा हाल्नु, कक्रक्क पर्नु, झर्नु ।
- पटकपटक दिसा लाग्नु ।
- निन्द्रा नलाग्नु ।
- मैनावारी नहुनु वा अल्प मात्रामा हुनु ।
- आँखाहरू ठूला देखिनु ।
- सास फेर्न गाह्रो हुनु ।
- जोर्नीहरू दुख्नु ।
- कमजोर अनुभव हुनु ।
- घाँटीमा गलगाँडजस्तै बढ्नु ।
- बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास आउने तथा बानी–व्यवहारमा समस्या देखिनु ।
- मुटु रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु ।
- मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु ।
- हाइपोथाइरोइडिज्मको लक्षण के हो ?
- कपाल र छाला सुक्खा हुनु ।
- सुस्त हुनु ।
- नङहरू टुट्नु र झुरो हुनु ।
- छाला पहेँलो देखिनु ।
- अरुचि भए पनि तौल बढ्नु ।
- थकित र कमजोर हुनु ।
- छाला चिसो हुनु ।
- चिसो सहन नसक्नु ।
- कब्जियत हुनु ।
- महिनावारी अनियमित तथा धेरै हुनु ।
- त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु ।
- हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुनिनु ।
- स्वर धोद्रो तथा भास्सिएको हुनु ।
- मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु ।
- बच्चाहरूमा अरुचि, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु ।
- कुनै–कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ ।
थाइराइडको उपचार के हो ?
रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने
हुन्छ रेडियोएक्टिभ, आयोडिन तथा एन्टी थाइराइड औषधि र शल्यक्रिया
(हाइपरथाइराइडिज्मका लागि) र थाइराइड हार्मोन चक्की (हाइपोथाइराइडिज्मका
लागि) लगायत विभिन्न रासायनिक हार्मोनहरू उपयोग गर्न
सकिन्छ । यी औषधिहरू सर्वत्र उपलब्ध छन् । यसका साथै आवश्यकताअनुसार विशेष उपचार तथा लाक्षणिक उपचार गर्नुपर्छ ।
सकिन्छ । यी औषधिहरू सर्वत्र उपलब्ध छन् । यसका साथै आवश्यकताअनुसार विशेष उपचार तथा लाक्षणिक उपचार गर्नुपर्छ ।
थाइराइडबाट कसरी बच्ने ?
- थाइराइड रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गर्ने नै हो
- परीक्षणबाट रोग देखिएमा समयमै उपचार गर्ने हो ।
- आयोडिनयुक्त नुन तथा खाना खाने ।
- अनावश्यक रूपमा एक्सरे, सिटिस्क्यान आदि पटक–पटक नगर्ने ।
- तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने ।
- धेरै चिया, कफी तथा चुरोट नखाने ।
- स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्ने ।
No comments:
Post a Comment