मन्त्री नाच्न थालेपछि......... - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jan 31, 2012

मन्त्री नाच्न थालेपछि.........



jhoomka
‘दर्शकलाई गायिका ओलीको चुम्बन’काठमाडौं, माघ १७ l  थरिथरीका मन्त्रालय छन्–थरिथरीका मन्त्री । जम्बो मन्त्रिमण्डलका सामान्य प्रशासनमन्त्री रामकुमार यादव सोमबार राजधानीमा भएको एक औपचारिक कार्यक्रममा नाच्नमा व्यस्त रहे ।
हुन त कार्यक्रम पनि साँस्कृतिक नै थियो । तर, प्रमुख अतिथि बनेर कार्यक्रमको उद्घाटन गर्न पुगेका मन्त्रीको नृत्यले भने कार्यक्रममा रौनकता थपेको थियो । मन्त्रीलाई नचाउने काम भने गायिका कोमल वलीले गरेकी थिइन् । ओलीले आफ्नो गीत गाउन सुरु गरेलगत्तै प्रमुखअतिथि बनेका मन्त्रीका सामुन्नेमा गएर नाच्न भन्दै मन्त्रीलाई हात समातेर तानेपछि मन्त्री यादव नाच्न बाध्य बनेका हुन् । ‘गज्जबको तन्नेरी’ गीतमा ओलीले मन्त्रीसहित कार्यक्रमका सम्पूर्ण अतिथि र दर्शकलाई नचाइकी थिइन् ।
 त्यतिमात्रै हैन, सधैं हतारोमा रहने नेपाली नेताको पहिचानलाई चिर्दै मन्त्री यादवले करिब २ घण्टा कार्यक्रमस्थलमा फूर्सदसँग साँस्कृतिक कार्यक्रमको मज्जा लिए । नेपाल रेष्टुरेन्ट व्यवसायीले गरेको आठौं साँस्कृतिक साँझमा मन्त्री त्यसरी नाच्न पुगेका हुन् ।

तर, मन्त्री यादवले उद्घाटन सम्बोधन भने उतिसाह्रो गरेनन्, जतिसाह्रो नाँचे । आफ्नो सम्बोधनका क्रममा पटक–पटक अड्किएका मन्त्री यादवले ‘सुर न ताल’को उपस्थित सबैलाई पट्यार लाग्ने छोटो बोलीसँगै आफ्नो मन्तव्य टुंगाएका थिए ।

गायिका ओलीले दर्शक–दर्शकमाझ पुगेर आफ्नो प्रस्तुति दिंदा दर्शक भने उत्साहित देखिन्थे । ओलीले केही बढी ‘नक्कली व्यबहार’ कार्यक्रममा देखाइन् । उनले दर्शकहरुसँग चुम्बन साटासाट गर्न पनि भ्याइन् । एक विदेशी नागरिकसँगै कार्यक्रमस्थलमा आइपुगेकी ओलीले आफ्नो प्रस्तुति दिई रहँदा ति विदेशी नागरिक भने मञ्चको नजिकै बसेर फोटो खिच्नमा तल्लिन देखिन्थे । आफ्नो प्रस्तुति लगत्तै ओली उनै विदेशी नागरिकसितै बाहिरिएकी थिइन् ।

त्यस्तै कार्यक्रमको अन्त्यमा मञ्च प्रवेश गरेका राजेश पायल राइले पनि पूरै दर्शकलाई उफार्न सफल रहे । उनले गीत गाउन सुरुगरेलगत्तै उनीसँग नाच्न झुम्मिएका दर्शक दौडेर स्टेजसम्म पुगेपछि स्थिति केही असहज बनेको थियो । तथापी राजेश आफैले दर्शकलाई दर्शकदीर्घामा जान आग्रह गरेपछि अप्ठ्यारोस्थिति भने खडा भएन ।

कार्यक्रममा कुन्ती मोक्तान, प्रमोद खरेल, रेष्मा सुनुवार, माण्डवी त्रिपाठी लगायतले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई उफ्रार्न सफल बनेका थिए । कार्यक्रममा साधान केन्द्रको तर्फबाट नृत्य पनि प्रस्तुत गरिएको थियो ।

हरेकवर्ष रेष्टुरेन्टकर्मीहरुबीच शुभकामना आदान–प्रदान र खुशियाली साटासाट गर्न साँस्कृतिक कार्यक्रम आयोजनागर्दै आएको जानकारी संघका कार्यालय सचिव योगेन्द्र चौलागाईंले दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here