सूचना लुकाउने निर्णय तत्काल कार्यान्वयन नगरः सर्वोच्च - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jan 31, 2012

सूचना लुकाउने निर्णय तत्काल कार्यान्वयन नगरः सर्वोच्च

काठमाडौं, माघ १७ । सूचना बर्गीकरण सम्बन्धीको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश बैद्यनाथ उपाध्यायको एकल इजलासले सूचना बर्गीकरण सम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारलाई भनेको छ । डेमोक्रेटिक लयर्स एशोसिएसनका तर्फबाट उक्त निर्णय खारेजीको मागगर्दै दायर गरिएको रिटको प्रथम सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सरकारले केहीदिन अघि सरकारी सूचनालाई बर्गीकरणगरी १ सय ४० किसिमका सूचनाहरु गोप्य राख्ने निर्णय गर्दै मातहतका कार्यालयहरुलाई उर्दी जारी गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here