नयाँ ब्लगरहरुको लागि सजिलो होस भनि लेखिएको यो बल्गको सुरुको भाग यहाँ छ । यदि तपाई वर्डप्रेस (wordpress.com) मा नि:शुल्क बल्ग खोल्ने तरिकाको खोजीमा हुनुहुन्छ भने त्यो यहाँ छ .
यो भागमा blogger.com (ब्लगर) मा नि:शुल्क बल्ग खोल्ने तरिका क्रमैसंग दिईएको छ ।
सबैभन्दा पहिला blogspot.com को बारेमा साधारण जानकारी । यदि तपाईले blogspot.com मा ब्लग खोल्नु भयो भने तपाईको ब्लग ठेगाना abcd. blogspot.com को प्रारुप वा blogspot.com मा अन्त हुने हुन्छ । यदि तपाईको नाम कुमार छ भने तपाईले kumar.blogspot.com वा यस्तै खालको ठेगाना लिन सक्नुहुन्छ । यसमा kumar भन्ने ठेगाना कसैले लिई सकेको छ भने तपाईले kumarsharma, kumarshrestha वा अन्य कुनै खाली रहेका नाम राखेर ब्लग खोल्न सक्नुहुन्छ ( यो उदाहरण मात्रै हो, तपाईको ब्लगमा तपाईको नाम आउनै पर्ने कुनै जरुरत छैन र तपाईको नाम कुमार भए पनि तपाईले meromankokura.blogspot.com वा अन्य आफुलाई मन पर्ने तर कसैले दर्ता नगराईसकेको जुनसुकै नाम राख्न सक्नुहुन्छ ।
अगाडिको पोष्टमा भने जस्तै blogspot.com मा ब्लग दर्ता गर्न एउटा ईमेल एड्रेस चाहीन्छ। हुन त आजकल कुनै पनि ईमेलले काम गर्छ तर यदि blogspot.com मै ब्लग खोल्ने हो भने जिमेल आईडि वा जिमेल लिनु भयो भने पछी अन्य कामको लागी पनि सहायक हुन सक्छन । यदि तपाईसंग जिमेल छैन भने तपाईले यहाँ बाट नि: शुल्क जिमेल लिनुहोस र त्यसपछि ब्लग खोल्न तलका तरिका अपनाउनुहोस :
२) अब खुल्ने पेजमा Display name मा आफ्नो नाम लेख्नुहोस, Acceptance of Terms भन्दा पछाडि रहेको “I accept the Terms of Service” मा चेक मार्क लगाएर "CONTINUE" मा क्लिक गर्नुहोस ।
३) त्यसपछि खुल्ने Name your blog भन्ने पेजमा “Blog title” मा आफ्नो ब्लगको नाम राख्नुहोस र Blog address (URL) लेखीएको खालि भागमा तपाईले रोज्नु भएको ठेगाना खाली भएको नभएको हेर्नुहोस । त्यहा भएको http:// र .blogspot.com को बीचमा रहेको खाली ठाउँमा आफुले रोजेको नाम हालेर “Check Availability” मा क्लिक गर्नुहोस । (यहाँ नेर एउटा कुरा याद गर्नुहोस, तपाईको ब्लगको नाम, तपाईले चाहेको बेलमा पछि कुनै पनि समयमा फेर्न सक्नुहुन्छ तर ब्लगको ठेगाना भने एक पटक लिईसकेपछि फेर्न मिल्दैन)
४) तपाईले खोज्नु भएको ठेगाना कसैले दर्ता नगराएको भएमा “This blog address is available.” भन्ने मेसेज आउने छ र यदि कसैले सो दर्ता गराई सकेको भएमा “Sorry, this blog address is not available” भन्ने मेसेज आउने छ र तपाईलाई लगभग त्यस्तै खाले अन्य नामको विकल्प दिईने छ । ति मध्य कुनै वा, सो चित्त नबुझे कसैले दर्ता नगरेको अक्षरहरु वा नाम हालेर आफुलाई चित्त बुझ्ने ठेगाना भेटेपछि “CONTINUE” मा क्लिक गर्नुहोस ।
५) अब तपाई Choose a template लेखिएको नयाँ पेजमा पुग्नु हुनेछ । यो तपाईको ब्लगको नाप-नक्शाको प्रारुप तयार गरीने पेज हो । यहाँ भएका केही template वा पेजका नमूनामा आफुलाई मनपर्ने नमूना छान्नुहोस (मनपर्नेमा चेक मार्क लगाएर) र फेरि “CONTINUE” मा क्लिक गर्नुहोस ।
६) अब तपाइ “Your blog has been created!” लेखिएको पेजमा पुग्नु हुनेछ ।यो पेजमा केवल "START BLOGGING" मा एक पटक क्लिक गर्नुहोस ।
७) अब तपाइ माथीको चित्रमा देखाईए जस्तै पेजमा पुग्नु हुनेछ। अब Title: लेखिएको ठाउँमा आफ्नो रचनाको शीर्षक लेख्नुहोस र तलको ठूलो खाली भागमा आफ्नो रचना। तल पट्टी दायाँ भागमा रहेको “Labels for this post:” लेखिएको ठाउँसंगैको खाली भागमा आफ्नो रचनाको विधा (कथा, कविता, समाचार आदि) लेख्नुहोस (यो वैकल्पिक कोष्ट भएकोले खाली नै राख्न पनि सकिन्छ) र "PUBLISH POST" मा थीच्नुहोस । तपाईको पहिलो पोष्ट तपाईको आफ्नै ब्लगमा छापिने छ ।
Happy Blogging !
No comments:
Post a Comment