काठमाडौं, माघ १७ । सरकारले नेपाली सेनामा मधेसी यूवाको समूहगत प्रवेश गराउने निर्णय गरेको छ । मंगलबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सेनमा मधेसी यूवाको समूहगत प्रवेश गराउन गृहकार्य गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बालअधिकार महासन्त्रीलाई स्वीकृत गरेको छ भने डेनमार्कले विश्वविद्यालय सुधारका लागि दिन लागेको १ अर्ब ७८ करोड ५० र जापान सरकारले दिन लागेको १ अर्ब ६२ लाख सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै आजकै क्याविनेट बैठकले मन्त्रालयहरुको वेभसाइट निर्देशिका ल्याउन स्वीकृति जनाएको छ । त्यस्तै सरकारले हेटौडा बर्दाघाट १ सय २० केभीए प्रशारण लाइनका लागि मकवानपूर र चितवनमा पर्ने १ सय ७८ हेक्टर वन कटान गर्ने स्वीकृति पनि प्रदान गरेको जनाइएको छ ।
Post Top Ad
Responsive Ads Here
Jan 31, 2012
सेनामा मधेसी यूवाको समूहगत प्रवेश गराउने सरकारको निर्णय
Tags
# समाचार
Share This
About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment