सुकुम्बासीले आज मानवअधिकार आयोग र यु एन कार्यालयमा धर्ना दिँदै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

सुकुम्बासीले आज मानवअधिकार आयोग र यु एन कार्यालयमा धर्ना दिँदै


jhoomka
काठमाण्डौ, माघ १८ l  
राजधानीको नदी छेउको सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरोधमा उत्रिएका सुकुम्बासीहरुले आज राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय (पुल्चोक, ललितपुर) मा धर्ना दिँदैछन् । सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरोधमा उनीहरुले आज बिहान साढे १० बजे आयोग र यु एनको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका हुन् । आफूहरुसँग  सल्लाह नै नगरी एकाए सरकारले बस्ती हटाउन लागेको र आफूहरुको विचल्लि पार्न खोजेको भन्दै उनीहरुले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेका छन् । सरकारले आफूहरुसँग वार्ता गरी समस्याको समाधान खोज्नुपर्ने    उनीहरुको माग छ ।

हिजोमात्रै उनीहरुले आन्दोलनको चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । आन्दोलनको विरोधमा उनीहरुले माघ २८ गते नेपाल बन्दको आह्वान समेत गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here