प्रेमी थरी थरीका ! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jan 31, 2012

प्रेमी थरी थरीका !


व्यापारी प्रेमी

तिमी आमाकी एक्ली छोरी,
मेरो पनि करोडपति बाऊ छ ।
तिमी दश लाखको दाईजो ल्याउ,
आजकल त मेरो यही भाऊ छ ।

कातर प्रेमी

भीडमा तिमी नचिनेझैं गर्छ्यौ,
एकान्तमा लजाइ दिन्छ्यौ ।
विपनामा म बोल्न सक्दिन,
सपनामा तिमी हराई दिन्छ्यौ ।

झक्की प्रेमी

तिम्रो मेरो माया बसे,
मुटु तिम्रो तोड्ने छैन ।
व्याइफ्रेण्ड भएर के भयो तिम्रो,
लोग्ने नै भए पनि  छोड्ने छैन ।

बहादुर प्रेमी

हिंजो पहिलोपल्ट भेटेथें,
आज आँखा तरिदिन्छु ।
भोली ‘आई लव यु’ भनेर,
पर्सि बिहे गरिदिन्छु ।

छट्टु प्रेमी

तारा टिपी ल्याईदेउ भन्छ्यौ
तिमी मलाई अहिले
तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
टिपेर पो कहाँ राख्ने हो मैले ?

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here