पत्रकार चालिसेको जीवन बचाउन महासंघको अपिल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 5, 2012

पत्रकार चालिसेको जीवन बचाउन महासंघको अपिल

काठमाडौं, माघ २२ - दुवै मृगौला काम नलाग्ने उपचाररत पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले ‘रमेश चालिसे बचाउ अभियान’ सञ्चालन गरेको छ ।
आइतबार बसेको महासंघ सचिवालयको बैठकले पत्रकार चालिसेको बचाउ अभियानमा साथ दिन महासंघका प्रत्येक सदस्य र आमसञ्चारकर्मीलाई एक सय रुपैयाँ सहयोग गर्न अपिल गरेको छ । महासंघका कुल ८ हजार सदस्यले एक सय रुपैयाँका दरले सहयोग गर्दा पत्रकार चालिसेको उपचार सम्भव हुने भएकोले महासंघले यो अभियान चलाएको हो ।
अभियान आरम्भ गर्दै आइतबार महासंघका अध्यक्ष शिव गाउँले, उपाध्यक्ष यशोदा तिम्सिना, महासचिव ओम शर्मा, सचिव जगत नेपाल र कोषाध्यक्ष शीतल साहले एक सय रुपैयाँका दरले सहयोग प्रदान गरे । महासंघले सबै सदस्यहरुलाई श्रमजीवी पत्रकारको जीवन बचाउन एक सय रुपैयाँका दरले आ–आफ्नो शाखा मार्फत अथवा नेपाल पत्रकार महासंघको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. को ०१२०१०२०२५२६४५ खातामा सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here