हेटौंडा, माघ २२ - दुई किशोरीलाई जागिर लगाइदिने भन्दै भारतको दिल्ली पुर्याएर बिक्री गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा नगरपालिका ६, चौघडाका १५ वर्षीया र १७ वर्षीया किशोरीलाई भारतमा पुर्याएर बिक्री गरेको आरोपमा वीरगन्ज बस्दै आएका राजकुमार सोनारलाई पक्राउ गरेको हो ।
सोनारलाई मानव बेचबिखन तथा ओसारपसार आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ । बिक्रीका लागि भारतको दिल्ली पुर्याइएका किशोरी एकाघरका दिदीबहिनी हुन् । माघ ७ गते दिल्ली पुर्याइएका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा माइती नेपालले उद्धार गरेर मंगलबार हेटौंडा ल्याएको छ । उद्धार गरेर ल्याएका किशोरीलाई माइती नेपाल हेटौंडाको संरक्षणमा राखिएको छ । वीरगन्ज विवाह गरेकी दिदीका कारणले सामान्य चिनजान रहेका सोनारले भारतमा लगेर जागिर खुवाइदिन्छु भनेर बोलाएपछि माघ ४ गते वीरगन्ज पुगेका थिए । उनीहरू रक्सोलबाट रेलमा दिल्ली पुर्याइएका थिए । दिल्ली पुगेपछि रेल स्टेसनमा बसिराख भनेर सोनार बेपत्ता भएका थिए ।
No comments:
Post a Comment