कम्प्युर सम्बन्धी केही उपयोगी नि:शुल्क संसाधनहरु ! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 3, 2012

कम्प्युर सम्बन्धी केही उपयोगी नि:शुल्क संसाधनहरु !

                          
आजको कम्प्युटर युगमा मानिस मानिस हरेक समस्याको समाधान वा जानकारी कम्प्युटर बाटै खोज्छन्। कम्प्युटरबाट विभिन्न समस्याको समाधान गर्ने वा जानकारी लिने कार्यसंगै हजारौं, लाखौं सफ्टवेयरहरु पनि बनेकाछन् ।
यस अघिका यो र यो पोस्टहरुमा मैले केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरुको जानकारी बाँढेको थिए । यस पोस्टमा भने केही वेब-एप्लिकेशन अर्थात, कम्प्युटरमा डाउनलोड वा ईन्सटल नगरीकनै सीधै “अनलाईन” उपयोग गर्न सकिने केही नि:शुल्क अनुप्रयोगको जानकारी गराउँदै छु ।
हुन त अनलाईन एप्लिकेशन भन्दा आफ्नै कम्प्युटरमा ईन्स्टल गरिएका सफ्टवेयरहरु प्रयोग गर्न सरल वा सहज हुनसक्छन् तर केही यस्ता कार्यहरु पनि हुनसक्छन जसका लागि अनलाईन एप्लिकेशन वा ‘Webapp’ अझ प्रभावकारी हुनसक्छन । आउनुहोस आज केही यस्तै एप्लिकेशनको जानकरी लिउँ:
Virus scanVirus Chief- कम्प्युटर भाईरसको अनलाईन उपचार: कम्प्युटर भाईरसबाट कुनै न कुनै समयमा प्राय: सबैजना प्रयोगकर्ताहरु प्रभावित भएकै हुन्छन् । बजारमा सशुल्क र नि:शुल्क गरी कैयौं भाईरस ‘तह लगाउने’ सफ्टवेयर भएपनि ति कुनैपनि एण्टी भाईरसले तपाईको कम्प्युटरलाई १००% सुरक्षीत राख्न सक्दैनन् । कहीलेकाही त यस्तोसम्म पनि हुन्छ कि तपाईको भाईरस किलरले कम्प्युटरमा भाईरस भएको जानकारी त दिन्छ तर त्यसलाई ‘मार्न’ सक्दैन ।
सायद यस्तै बेलामा तपाईलाई यो Virus Chief काम लाग्छ । एउटै पेजमा मल्टिपल भाईरस हटाउने एप्लिकेशनहरु रहने भएको र ति सबै सधैं तत्काल प्राप्त अपडेटसंग सुसज्जीत हुने भएकाले तपाईले आफ्ना कम्प्युटरमा भएका सन्दिग्ध फाईललाई यहि एउटै पेज मार्फत एकै पटक तर भिन्न भीन्न एप्लिकेशनको मद्दतले ‘सफा’ गर्न सक्नुहुन्छ ।
यदि तपाईलाई आफ्नो कम्प्युटरमा रहेको कुनै फाईलमा भाइरस लागेको महशुस भएमा वा कुनै फाईल वा एपलिकेशन भाइरस ग्रसीत भएको शंका लागेमा सिधै http://www.viruschief.com/ मा जानुहोस र । चित्रमा जस्तै Quick Scan भन्दा मुनि दायाँपट्टी रहेको Browse... मा क्लिक गरी आफ्नो कम्प्युटरको सन्दिग्ध फाईलको उपचार गर्नुहोस । अब तपाईको सन्दिग्ध फाईललाई Antivir, ArcaVir, AVG, BitDefender, VirusBlokAda32 लगाएत VirusBuster जस्ता एण्टि भाईरसले उपचार गर्नेछन ।
video2mp3- युट्युब भिडियोलाई mp3 बनाउनुहोस: युट्युब वा अन्य कुनै पेजमा रहेका भिडियो हेर्नलाई खासै केही चाहिँदैन । तर यदि तपाई युट्युबमा भएका कुनै भिडीयो हेर्न हैन ‘सुन्न’ मात्रै चाहनुहुन्छ भने के गर्ने ? । हो ! युट्युबमा राखिएका कतिपए भिडीयोहरु हेर्न हैन सुन्न आनन्द आउने हुनसक्छन् । कुनै गीत, गजल वा स्पिच मात्रै हैन कुनै जानकारीमूलक सूचना पनि हामीले सजिलै mp3 बनाएर सुन्न सक्छौं । हुनत यस्तै प्रयोजनका लागी विभिन्न सफ्टवेयरहरु पनि बनेका छन । तर हालै मैले ईन्टरनेटमा एउटा यस्तो सजिलो कन्भर्टर भेटें, जसले एकदम छिटो र सजिलोसंग कुनै पनि भिडीयोमा भएको ध्वनिलाई कम्प्युटरमा कुनै पनि सफ्टवेयरहरु नराखीकनै mp3 मा परिणत गरिदिन्छ ।
youtube2 mp3 
यदि तपाई पनि आफूलाई मन पर्ने कुनै गीत, गजल वा संगीतको भिडीयोबाट mp3 मात्रै झीकेर आफ्नो कम्प्युटरमा राख्न चाहनुहुन्छ भने http://www.video2mp3.net/ मा जानुहोस र माथिको चित्रमा जस्तै आफूले mp3 बनाउन चाहनुभएको भिडियोको लिन्क Video URL: भन्दा पछाडिको खाली स्थानमा हाल्नुहोस्। त्यसभन्दा मुनि रहेको Standard Quality वा High Quality मध्य आफ्नो ईच्छा अनुसारको विकल्प चयन गर्नुहोस र 'Convert' दबाउनहोस। एकैछीनमा तपाईको भिडियो mp3 मा परिणत भएर डाउनलोडकोलागि तयार हुन्छ ।
यदि तपाई संगीतको पारखी हुनुहुन्छ, बारम्बार यस्ता भिडियोलाई mp3 बनाउने गर्नुहुन्छ र फायरफक्स प्रयोग गर्नुहुन्छ भने तपाईले यहाँबाट यसको एडअन डाउनलोड र ईन्सट्ल गर्न सक्नुहुन्छ ।
youtube2 mp3 after addon
यो एडअन फायरफक्समा थपेपछि तपाईले युट्युबका हरेक भिडियो मुनि चित्रमा जस्तै विकल्पहरु देख्नुहुनेछ जसको मद्दतले तपाई विना कुनै सफ्टवेयर कुनैपनि भिडीयो लाई mp3 बनाउन सक्नुहुन्छ ।
timeanddate.com- संसारको समय, मिति र दूरी:- तपाई बस्नु भएको सहरमा विहान ५ बजेको बेलामा नेपालमा कति बजेको होला ?, तपाईको जन्मदिन वा कुनै प्रतिक्षीत दिन आउन अब कति दिन, कति घन्टा बाँकी होला । वा मे महिनाको १० तारीख तपाईको शहरमा १२ बज्दा टोकीयोमा कुन तारेख र कती बजेको हुन्छ ? यदि तपाईलाई समय र मिति र दूरीसंग सम्बन्धित यस्ता जानकारीहरु आवश्यक परिरहन्छन भने यो साईट http://www.timeanddate.com/ तपाईलाई काम लाग् सक्छ । यहाँबाट तपाईले कुनै पनि तोकिएको दिनको काउण्ट डाउन लगाएत World clock, calendar, date countdown, distance calculator, International dialing code आदि समेत नि:शुल्क पाउन सक्नुहुनेछ । सबै सुबिधा एकै झलकमा हेर्न यहाँ र कुनै दुई स्थान बीचको कुनैपनि दिनको मिति र समयको रुपान्तरण गर्न यहाँ जानुहोस ।
कुनै पनि देशका दुई सहर वा संसारका कुनैपनि प्रमुख सहर देखि आर्को कुनै प्रमुख सहरसम्मको सिधा दुरी थाहा पाउन चाहनुहुन्छ भने चाही http://www.distancefromto.net/ मा जानुहोला ।
Online OCR- OCR अर्थात Optical Character Recognition, जस्ले कागजमा छापिएका अक्षरहरु वा स्क्यान गरिएका पेजलाई पून: डिजिटल फर्म्याटमा परिणत गरिदिन्छन्। यस्ता सफ्टवेयरहरु प्राय: केही महंगा र ठुला पनि हुने गर्छन । तर यदि तपाई कम्प्युटरमा कुनै पनि ठूला वा महंगा सफ्टवेयर नहालीकन OCR service लिन चाहनुहुन्छ भने तपाई http://www.onlineocr.net/मा जान सक्नुहुन्छ । यस पेजको मद्दतले तपाई कुनै पनि ( १ एमबी सम्मका) PDF वा टेक्स्ट-ईमेज फाईललाई ईडिटेवल टेक्स्टमा रुपान्तरण गर्न सक्नुहुन्छ ।
यस्तै किसिमको सुबिधा यो बाहेक http://www.newocr.com/ मा पनि उपलब्ध छ, जसले ५ एमबी सम्मका फाईललाई OCR गर्न सक्छ ।
bigassmessage.com- शन्देस पठाउने सरल उपाए : तपाईको आफ्नो वेबपेज वा ब्लग छैन वा भएर पनि तपाई आफ्ना साथीहरु वा कोही विशेष व्यक्तिलाई छुट्टै विशेष शन्देस दिन चाहनुहुन्छ भने यो Webapp तपाईलाई काम लाग्छ ।
यदि तपाई कसैलाई इण्टरनेट मार्फत कुनै शन्देश दिन चाहनुहुन्छ भने यहाँ जानुहोस । अब MESSAGE लेखिएको ठाउँ भन्दा मुनिको कोठामा आफ्नो शन्देस लेख्नुहोस । दायाँपट्टीको STYLE भन्दा मुनि रहेका टेक्स्टका विकल्प छान्नुहोस र आफूले चाहेजस्तो भए नभएको ‘प्रिभ्यु’ हेर्नुहोस । आफुलाई चित्त बुझेपछि ‘सेभ’ गर्नुहोस । अब CLICK TO COPY URL लेखिएको कोठाबाट आफ्नो शन्देशको लिन्क कपि गरेर आफुले शन्देस दिन चाहेको व्यक्तिलाई पठाउनुहोस (त्यो लिन्कले केही घण्टासम्म काम गर्ने छ) ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here