तीन राज्यसमितिका कार्यकर्तालाई प्रशिक्षण दिईँदै
काठमाण्डौ, माघ २० l कार्यकर्ता प्रक्षिणमा सहभागी हुन माओवादीका तीन शीर्ष नेता आज विराटनगर पुगेका छन् । विराटनगरमा हुने तीनवटा राज्यसमितिको भेला र कार्यकर्ता प्रशिक्षणका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र अर्का उपाध्यक्ष मोहन बैद्य विराटनगर पुग्नुभएको हो ।
यसअघि पार्टी केन्द्रीय समितिले गरेको निर्णय अनुसार फरक विचारलाई पार्टीको तल्लो तहसम्म लैजाने निर्णय अनुसार आज विराटनगरमा प्रशिक्षण हुन लागेको हो । धरानमा बैठक सकेर विराटनगरमा प्रशिक्षण गर्ने तयारी माओवादीले गरेको छ
No comments:
Post a Comment