काठमाडौ, माघ २२ - संविधानसभाका ठूला तीन दलका शीर्ष नेताहरुको बैठक आइतवार दिउँसो शान्ति तथा पुननिर्माण मन्त्रालयमा जारी छ । विगत केही दिनदेखि जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीसहित तीन दलका शीर्षसहितका नेताहरुको बैठक गरेको हो ।
दलहरुबीच गतिरोध बढ्दै जाँदा लामोसमयदेखि संसदको बैठक सुचारु हुन सकेको छैन भने संविधानका विवादित बिषयहरुमा छलफल अघि बढ्न सकेको छैन ।
गतिरोध अन्त्यका लागि शनिवार सभामुख सुभाष नेम्वाङले बोलाएको संविधानसभामा प्रतिनिधित्व गर्ने सबै ३३ दलको बैठकमा साना दलहरुले प्रमुख तीन दललाई सहमति गर्न दवाव दिएका थिए ।
बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु सहभागी छन् ।
No comments:
Post a Comment