नया बिहानी उदाउने छ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

नया बिहानी उदाउने छ


हिमाल चम्केर हासेंन
बादल ढाकेर पानी दर्केन् 
फुले सयौ फुलहरु
फल कतै लागेन
जताततै उजाड छ बस्ती
खुशी कहिँ छाएन
बिरहमा न्याउली
रोइरहेछन् जंगलमा
कोलाहल गर्दै कराइरहेछन्
चराचुरुंगीहरु
आधी आयो ,फोहर उडाएन
बसन्त आयो
नया पालुवा पलाएन |
मीठो आशा नया संबिधानको
जनताको हक , अधिकार र सुनिश्चितताको
आसै आसमा ,निराशा थपियो
शान्ति र सुरक्षा
कोठा भित्रै थुनियो
तेरो मान्छे ,मेरो मान्छे
नेता नेताको दौडमा
बस्तीभरी अत्याचारै , अत्याचार कोरियो
भ्रस्टाचार र अनियमितता रोपियो |
साच्चै तिमीलाई नेता मान्ने हो भने
समाजसेबी र देशका योद्दा मान्ने हो भने
तिमी पबित्र र स्वच्छ बन्न सक्नु पर्छ
निस्वार्थी , बिबेकी बन्ने हिम्मत लिनु पर्दछ
जाल , झेल र तिकडमबाजी छोडी
जनताको आवाज सुन्न सक्नु पर्दछ
गरिब जनताको आशु पुछ्न सक्नुपर्छ
नाताबाद र कृपाबादलाई भुल्रेर
जनताकै साथ हिड्न सक्नु पर्दछ
तिमी ठिक भयौ भने नेता
गाउ र बस्तीमा सुधार आउनेछ
सहर र बजारहरु रमाउने छन्
शान्ति , सदभाब र सुशान्तिले
बिकाशसंगै
नया बिहानी उदाउनेछ
नया जोस र जागर छाउनेछ ||
-----धन्यबाद ---------

डम्बर पौड्याल
हाल कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here