वासिङ्टन डिसी, माघ २८ - एक उजवेक नागरिकले अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या योजना बनाइरहेको स्वीकार गरेका छन् ।
गत जुलाईमा पक्राउ परेका उजवेक नागरिक उलुजबेक कोडिरोभले अदालतमा ओबामा हत्या योजना स्वीकार गरेको बीबीसीले जनाएको छ । उनले ३० वर्ष जेल बस्नुपर्नेछ । उनीविरुद्ध राष्ट्रपतिको हत्या धम्की, स्वचालित हतियार प्रयोग र आतंकवादीलाई हतियार दिएको आरोप लगाइएको छ ।
विद्यार्थी भिसामा अमेरिकामा अवैद्य बसोबास गर्दै आएका उनी कुनै विद्यालय भर्ना नभएको अधिकारीहरुले जनाएका छन् ।
No comments:
Post a Comment