मध्यमस्र्याङ्दी आजबाट सुचारु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

मध्यमस्र्याङ्दी आजबाट सुचारु

jhoomkaकाठमाडौं, माघ २८ l गते २ सातादेखि मर्मतको लागि बन्द गरिएको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना शनिवारबाट पुनः सुचारु भएको जनाइएको छ । ७० मेगावट क्षमताको उक्त आयोजनाबाट अहिले ३६ मेगावट विद्युत उत्पादन भइरहेको बताइएको छ ।

गत माघ १५ गतेबाट टर्वाइन मर्मतका लागि २१ दिन उक्त आयोजना बन्द हुने भनिएपनि लोडसेडिङ्गलाई मध्यनजर गरेर ३५÷३५ युनिटको २ टर्वाइन मध्ये युनिट २ को मर्मतपछि सञ्चालनमा ल्याइएको जनाइएको छ । त्यस्तै युनिट १ को मर्मतकार्य पुरा हुन भने फागुनको पहिलो सातासम्म लाग्ने जनाइएको छ ।

मध्यमर्स्याङ्दी जलविद्युत आयोजना बन्द भएपछि जारी लोडसेडिङ बढ्न नदिन नेपाल विद्युत प्राधिकरणले कुलेखानीबाट बढी विद्युत उत्पादन गर्नुको साथै हेटौडाको डिजेलप्लण्ट सञ्चालनमा ल्याएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here