१२ दिनभित्र लडाकूको स्वेच्छिक प्रक्रिया सकिने, चितवनमा कुरा मिल्यो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 3, 2012

१२ दिनभित्र लडाकूको स्वेच्छिक प्रक्रिया सकिने, चितवनमा कुरा मिल्यो



jhoomkaकाठमाडौं, माघ २० (झुम्का डटकम), विभिन्न शिविरमा रहेका माओवादी लडाकूहरुको स्वेच्छिक अवकाश प्रक्रिया १२ दिनभित्र सकिने सेना समायोजन विशेष समिति संयोजक बालानन्द शर्माले बताएका छन् । आजबाट सुरु भएको लडाकूको विदाईप्रक्रियामा कुनै अवरोध सिर्जना नभए ५ वर्षपछि स्वेच्छिक अवकाश रोजेका लडाकूहरुको विदाई कार्य सम्पन्न हुनेछ ।
त्यस्तै लडाकूलाई विदाई गर्न समिति सदस्यहरु विभिन्न लडाकू शिविरहरुमा पुगेका छन् । आजै चितवनको शक्तिखोर र नवलपरासीको झ्यालल्टुङ्गडाँडास्थित शिविरमा लडाकूको विदाई कार्यक्रम सुचारु भएको छ ।

यसैबीच चितवनमा आज तह विवादका कारण केही रोकिएको अवकाश प्रक्रिया पुनः सुचारु भएको जनाइएको छ । ‘चेक’ हस्तान्तरणमा रोकिएको विवाद समिति सदस्यहरु र लडाकू कमाण्डरहरुको संयुक्त वार्तापछि पुनः सञ्चालन भएको बताइएको ।

त्यस्तै सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजन र कैलालीको तालबन्दस्थित सातौ डिभिजनमा पनि शनिबार विदाई प्रक्रिया सुरु हुने बताइएको छ । त्यसको लागि समिति सदस्यहरु शिविरहरु पुगिसकेको बताइन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here