महिला क्रिकेटमा नेपाललाई ८७ रनको लक्ष्य - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 6, 2012

महिला क्रिकेटमा नेपाललाई ८७ रनको लक्ष्य



jhoomkaकाठमाडौं, माघ २३ l पोखरामा जारी एसिसी यू–१९ महिला क्रिकेटमा नेपालले ८७ रनको लक्ष्य प्राप्त गरेको छ । आजको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको थाइल्याण्डले २५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएपछि नेपालले उक्त लक्ष्य प्राप्त गरेको हो ।
अहिले नेपालले ब्याटिङ गरिरहेको छ । सेमिफानाल प्रवेश निश्चित गरिसकेको नेपालले ३ खेलबाट ६ अंक बटुलेको छ । प्रतियोगितामा नेपालले लगतार ३ खेलमा जित हासिल गरेको छ ।

जारी प्रतियोगितामा नेपालले यसअघि चीन, मलेसिया र यूएईलाई पराजित गरिसकेको छ । नेपालले आजको खेल जितेमा समूहमा शीर्षस्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here