सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनमा अवरुद्ध भएको लडाकु बिदाई प्रक्रिया आज बिहानैबाट नियमित भएको छ । स्वेच्छिक अवकाश लिएका लडाकुलाई रकम वितरण गर्दैगर्दा प्रवेश गरेका अयोग्य लडाकुको तोडफोडले हिजो बिदाइ प्रक्रिया अवरुद्ध भएको थियो । सरकारले आफ्ना मागको सम्बोधन नगरेको भन्दै करिब ६० जना शिविरभित्र छिरेर तोडफोड गरेका थिए । घटनामा झडपमा संलग्न ४० जना अयोग्य लडाकुलाई नियन्त्रणमा लिइएको थियो । अहिले कडा सुरक्षाकोबीच चेक वितरण गरिएको छ । आज बिहानसम्म दशरथपुरबाट तीन सय जनाले चेक बुझिसकेका छन् । यसैबीच, प्रमाणिकरणमा नपरेका माओवादी लडाकुले स्वेच्छिक अवकाश प्रक्रियामा अवरोध पु¥याएपछि आज शान्ति मन्त्री सत्या पहाडि त्यता जाँदै हुनुहुन्छ । उहाँले अवरोधका बारेमा जानकारी लिने बताइएको छ ।
यता, नवलपरासीको झ्यालटुङ्गडाडास्थित चौथो डिभिजनमा आजसम्म चार सय सात जनाले चेक लिइसकेका छन् । वैकल्पिक व्यवस्थाको माग गर्दै आएका शिविरका अपांगहरुले सरकारले आफना माग पुरा नगरेसम्म रकम नलिने जनाएकाले बिदाइ प्रक्रिया रोकिएको जनाइएको छ । अरु शिविरहरुमा भने बिदाई प्रक्रिया सामान्य गतिमा चलिरहेको छ ।

No comments:
Post a Comment