भवानी राणा, उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ
नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष बन्ने पहिलो महिला हुन भवानी राणा । नेपालगंजको होटल ब्यबसायबाट ब्यबसायीक जीवनमा उदाएकी राणा सुन्दरी उद्यमीका रुपमा पनि चिनिन्छिन् । उनै राणासाग जीवनका बिबिध पक्षबारे रमेश न्यौपानेले गरेको अन्तरंग सम्बाद
जीवन
महिलाको उमेर न सोध्नु भन्छन्, सोध्न साँच्चै मिल्दैन की ?
मिल्छ ४३ वर्षकी भएँ ।
जीवन के रहेछ ?
अर्थपूर्ण भाग्यले पाएको चीज, यसको सदुपयोग गर्नुपर्छ ।
तपाईंको नजरमा प्रेम ?
जीवन विताउने आधार ।
हो ।
औद्योगिक क्षेत्रको नेता मानिनु हुन्छ, पैसाको राससंग कहीलेकाहीं डर लाग्दैन ?
पटकै लाग्दैन ।
एकैपटकमा आफ्नैहातले कतिसम्म गन्नु भएको छ ?
हा..हा । पैसा अरुलाईनै गनाउने हुँदा त्यति घेरै पैसा गनेकी छैन ।
पर्समा चेक गर्यो भने अहिले कति फेला पर्ला ?
अरुवेला भन्दा आज अलि बढी नै छ, छ-सात हजार जति । तर म एटिएम कार्ड बोक्ने हुनाले नगद खासै हुँदैन ।
सबै भन्दा वढी केमा खर्च गर्नुहुन्छ ?
व्यतिगत रुपमा खानामै होला ।
पेसावाट तपाईले पैसा बाहेक अरु के कमाउनु भयो ?
सन्तुष्टि ।
सधै एउटै काम गर्दा वाक्क लाग्दैन ?
लाग्दैन ।
मालिक हुँदा तपाईलाई परेको घाटा ?
परिवारलाई समय दिन पाईंदैन् ।
मासिक आम्दानीको कति प्रतिशत बचत गर्नुहुन्छ ?
खासै बचत हुँदैन् । आम्दानी अर्को कुनै ठाउँमा लगानी भैरहेको हुन्छ ।
मन पर्ने र कम्र्फट लाग्ने पहिरन ?
ट्राउजर टाइप ।
पछिल्लो पटक हेरेको चलचित्र ?
बडिगार्ड ।
फिल्म हेर्दै गर्दा आफै अभिनय गरौं जस्तो लाग्दैन ?
लाग्दैन ।
महिना वितेपछि कर्मचारीलाई तलव बाँड्दै गर्दा सबै काम आफै गरेको भए हुन्थ्यो झै लाग्दैन ?
लाग्दैन । किनकि म सेयरिङ्गमा विश्वास गर्छु ।
मदिरा सेवन कत्तिको गरिन्छ ?
कहिले काहि साथिहरुसंग ।
तपाई प्रधानमन्त्री भएको भए ?
पहिलो त लोडसेडिङ्ग धटाउने उपाय खोज्थें र शक्ति विकेन्द्रीकरण गर्न लाग्थें ।
जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
आफनो जीवन अरु संग दाँजिन् । त्यसैले साट्दिन होला ।
गहिरो पश्चाताप कहिले र केमा गर्नुभएको छ ?
त्यस्तो कुनै ठुलो प्रश्चताप हुने काम गरेकी छैन ।
तपाईं आफ्नो जीवनमा सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
आमा वन्न पाउँदा ।
समय र फुर्सद् पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?
रारा ताल, धनकुटा आदि ।
तपाईंका आदर्श व्यक्ति ?
मेरो बाबा ।
पहिलो लभ कहिले पर्यो ?
कलेजका दिनमा ।
कस्तो युवक देख्दा श्रीमानको याद आउँदैन ?
श्रीमान त जस्तो युवक देख्दा पनि भुल्दिन ।
इन्टरनेटमा सबैभन्दा पहिला कुन साइट खोल्नुहुन्छ ?
गुगलमा आफूलाई चाहिएका साईटहरु ।
सडकमा भोका नाङ्गा देख्दा कस्तो अनुभुति हुन्छ ?
साहै दुःख लाग्छ र उनीहरुको जीवन देखेर आफु सन्तुष्ट हुन सिक्छु ।
शनिवार के गर्नु हुन्छ ?
परिवार संग विताउँछु ।
कुनै बेला रुनुभएको छ ?
धेरै पटक ।
पहिलो पटक मोवाइल देख्दाको अनुभव ?
यो एउटा राम्रो चिज वनेछ है भन्ने लागेको थियो ।
कोही मान्छे रुदै तपाइको सामुन्ने आएर सबै सम्पत्ति मेरो नाममा गरिदेउ नत्र आत्महत्या गर्छु भन्यो भने तपाई के गर्नु हुन्छ ?
कन्भिन्स गरेर पठाउँथे, सम्पति दिन्छु भन्नु चाहिं झुटो आश्वासन हुन्छ ।
आफ्नै उमेर समुहका कर्मचारीलाई काममा लगाउँदा घमण्ड कत्तिको लाग्छ ?
मैले गरेको कामले कसैको जीवन चलेको छ भनेर खुसि लाग्छ ।
मेहेनतको बाबजुद कम्पनि घाटामा जाँदा औडाहा हुन्छ होला है ?
मेरो भन्दा पनि कर्मचारीको चिन्ता लाग्छ ।
तपाईं सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आस्थामा ।
ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
मन पर्छ ।
झुट कत्तिको बोल्नुहुन्छ र किन ?
अरुलाई हानी नपर्ने किसिमले वोल्छु ।
एक दिन कसैसँग बिताउनु परेमा, कसलाई रोज्नुहुन्छ ?
छोरा ।
खाना पकाउने र भाँडा माझ्ने काममध्ये एउटा रोज्नुपरे कुन रोज्नुहुन्छ ?
खाना पकाउने ।
तपाईंलाई सबैभन्दा रिस उठाउने कुरा ?
गल्ति नस्वीकार्दा ।
अति रिस उठेका बेला मनलाई कसरी शान्त पार्नुहुन्छ ?
अति सकरात्कम तरिकाले सोंचेर ।
फेरी १६ वर्षको हुन पाए ?
साथीहरुसंग मोवाईलमा धेरै कुरा गर्थें ।
प्रेम र सेक्सको सम्बन्ध ?
यी दुवै अन्तरसम्वन्धित कुरा हुन् ।
पुरुषहरूको सबैभन्दा मन पर्ने आनिबानी ?
अरुको कदर गर्ने ।
मृत्युदेखि कत्तिको डर लाग्छ ?
लाग्दैन ।
पत्रिकामा तपाईबारे पहिलो समाचार कहीले छापीयो ?
सन् १९९४ मा
फेसन के हो ?
आफुलाई सुहाउँदो पहिरन ।
के भयो भने तपाई जागिर छाड्ने ?
जे भएपनि छाड्दिन ।
बाटोमा ह्याण्डसम पुरुष देख्दा कस्तो लाग्छ ?
वाउ, हि इज ह्याण्डसम भन्छु मनमनै ।
राजनीति
एउटा कला हो जस्तो लाग्छ ।
राजनीति सबैले बुझ्नैपर्छ ?
बुझ्नु पर्छ ।
राजनीति र जीवनबीचको अन्तरसम्बन्ध के पाउनुहुन्छ ?
दुवैको एक भिन्दै सम्वन्ध छ ।
दुई जना भर पर्न सक्ने राजनीतिज्ञ छान्नु पर्दा ?
नछानौं होला ।
नेपालको वर्तमान राजनीतिमा बागडोर सम्हाल्न सक्ने राजनेता ?
जसले आफनो स्वार्थ त्याग्न सक्छ । जो कहिं पनि हुन सक्छ ।
नेपाली राजनीतिको कुन पक्ष देखेर दिक्क लाग्छ ?
व्यातिगत स्वार्थमा लिप्त भएको देखेर ।
राजनीतिको कुरा सुन्दै दिक्क मान्ने नयाँ पुस्तालाई तपाईंको के भन्नुहुन्छ ?
दिक्क मानेर होईन बरु आफु त्यसमा संलग्न हुन सिक्नु पर्छ ।
साहित्य/कला/मनोरञ्जन/विविध
तपाईंले सबैभन्दा बढी रचाएको पुस्तक ?
वेनेजिर भुट्टोका पुस्तकहरु ।
आफूले बिताएका पुराना दिनमध्ये कुनै एक पल पुनरावृत्ति हुने भए कुन समय वा दिन दोहोरियोस् भन्ने चाहनुहुन्छ ?
मेरो कलेजका दिनहरु ।
कहिल्यै नभुल्ने
कुन राजनीतिक दिन ?
प्रजातन्त्र आएको दिन ।
विवाह अघिको कुन क्षण ?
प्रेमको क्षण ।
कुन बदमासी ?
कलेजका दिनमा वार्डेनलाई थुन्दिएको ।
कुन पुरुष ?
श्रीमान ।
यी दुई मध्ये एक छान्नुहोस्
प्रचण्ड की बाबुराम
प्रचण्डको साहस, वावुरामको विचार ।
श्रीमान की आमा ?
दुवै ।
करिश्मा मानन्धर कि रेखा थापा ?
करिश्मा मानन्धर ।
-अंकुरबाट
No comments:
Post a Comment