बस्ती हटाउने सरकारी निर्णय विरुद्ध सुकुम्बासीले लाठी जुलुस निकाल्दै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

बस्ती हटाउने सरकारी निर्णय विरुद्ध सुकुम्बासीले लाठी जुलुस निकाल्दै


काठमाण्डौ, माघ १९ (झुम्का डटकम), राजधानीको नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आइरहेका सुकुम्बासीहरुले आज राजधानीमा लाठी जुलुस निकाल्दैछ । दिउँसो १ बजे राजधानीको रत्नपार्कबाट निकालिने जुलुसमा सुकुम्बासी र भूमिहीन युवाहरुको सहभागीता रहने उनीहरुले बताएका छन् । विनाकुनै विकल्प बस्ती हटाउन खोजिएको भन्दै सुकुम्बासीहरुले राजधानीकेन्द्रीत आन्दोलन गर्दै आइरहेका छन् ।सरकारी निर्णयको विरुद्ध सुकुम्बासीहरुले माघ २८ गते नेपाल बन्दको घोषणा समेत गरिसकेका छन् । सरकारले राजधानीको नदीलाई संरक्षण गर्ने भन्दै नदी छेउमा बसेका सुकुम्बासी बस्ती हटाउने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here