काठमाण्डौ, माघ १९ । इजिप्टमा फुटबल खेलका क्रममा भएको हिंसात्मक झडपमा परी कम्तीमा ७५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय पोर्ड सईद शहरस्थित रंगशालामा भएको फुटबल खेलमा अल मासरी र अल अह क्लब बीच फुटबल सकिएपछि सो घटना भएको स्थानीय प्रहरीले जनाएको छ । घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ ।
घटना यसरी घट्यो
पोर्ट सइद शहरमा रहेको रंगशालामा स्थानीय चिरप्रतिद्वन्दी अल मासरी क्लव र अल अहक्लब बीच रोमाञ्चक खेल भैरहेको थियो । अल मासरी क्लवले ३–१ गोलले अल अहलाई पराजित गरेपछि झडप शुरुभएको थियो । मासरीका समर्थकरुले खुसीयाली मनाउँदै रंगशालामा प्रदर्शन गरेपछि खेल हारेर स्तव्ध बनेका अल अहका खेलाडीहरुबीच भिडन्त शुरुभएको थियो । शुरुमा भिडन्त सामान्य भएपनि सो भिडन्त लगत्तै रंगशालामा रहेका हजारौं दर्शकहरुबीच भागाभाग मच्चिएको थियो । सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु सो भिड र भिडन्त नियन्त्रण गर्न असफल भएपनि रंगशालाको स्थिति अझै तनावपूर्ण बनेको थियो । भागदौडका क्रममा केही सुरक्षाकर्मीको समेत ज्यान गरेको छ । रंगशालामा खेलाडी र दर्शकहरुबीच भाडदौड मच्चिइरहँदा रंगशालाको पश्चिमी कुनामा आगलागीसमेत भएको थियो । आगलागीको त्रासबाट हतारमा भाग्न खोज्दा धेरैको ज्यान गएको प्रहरीले अनुमान गरेको छ । इजिप्टको फुटबल इतिहाँसमै यो कहालीलाग्दो घटना हो ।
No comments:
Post a Comment