माओवादी लडाकूको विदाई कहीँ हुँदै, कहीँ रोकिदै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 4, 2012

demo-image

माओवादी लडाकूको विदाई कहीँ हुँदै, कहीँ रोकिदै

Responsive Ads Here

.com/blogger_img_proxy/
काठमाडौं, माघ २१ l शुक्रबारबाट सुरु भएको माओवादी स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूको विदाई प्रक्रिया आज पनि जारी छ । विभिन्न विवादका कारण कुनै डिभिजनमा लडाकू प्रक्रिया अबरुद्ध बनेको छ भने कतिपयमा लडाकूले चेक लिंदै घरतर्फ लागेको बताइएको छ ।

लडाकू रहेका तेस्रो र चौथो डिभिजनमा हिजोबाट सुरु भएको विदाई प्रक्रिया आज पुनः रोकिएको बताइएको छ । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन र नवलपरासीमा रहेको झ्याल्टुङडाँडामा रहेका लडाकूहरुले विभिन्न माग राखी अवरोध जनाएपछि विदाई प्रक्रिया रोकिएको बुझिएको छ ।

लडाकूहरुले घाइते तथा अपाङ्गहरुलाई पेन्सनको व्यवस्था, स्वेच्छिक अवकाश रोजेका लडाकूलाई सरकारले सम्मानपत्र दिनुपर्ने लगायतका ४ बुँदे मागराखी लडाकूहरुले अवरोध खडा गरेका बुझिएको छ । उनीहरुले माग पूरा नभएसम्म विदाई प्रक्रिया अघि बढ्न नदिने अडान राखेका छन् । चितवनको शक्तिखोरमा रहेको डिभिजनमा हिजो ७४ जना लडाकूहरुले चेक बुझि गर्नतर्फ लागेको बताइएको छ ।

यसैगरी आज इलाममा चुलाचुलीमा रहेको पहिलो डिभिजन, सिन्धुलीको पाँचौ डिभिजन र सातौ डिभिजनमा भने विदाई प्रक्रिया भइरहेको सेना समायोजन विशेष समिति सदस्य बालानन्द शर्माले जनाएका छन् ।

त्यस्तै सुर्खेतमा रहेको छैठौं डिभिजनमा पनि आजबाट विदाई प्रक्रिया सुरु हुने भनिएपनि प्रक्रिया सुरु हुन नसकिएको बुझिएको छ । त्यस्तै लडाकूहरुलाई यातायत खर्चसहित दिएर सातौं डिभिजनबाट विदाई गर्ने प्रक्रिया धमाधम भइरहेको बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *