नुवाकोटमा गाउँलेद्धारा सरकारी जग्गा कब्जा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 4, 2012

नुवाकोटमा गाउँलेद्धारा सरकारी जग्गा कब्जा


    नुवाकोटमा गाउँलेद्धारा सरकारी जग्गा कब्जानुवाकोटको विदुर नगरपालिका–६ महारानी डिही स्थित चण्डीपोखरीमा रहेको खम्पाली क्याम्पको सरकारी जग्गा सर्वसाधारणहरुले कब्जा गरेर बसोवास गर्न थालेका छन् । नुवाकोटको किम्ताङ गाउँ विकास समितिका पहिरो पिडितहरु आफुहरुलाई सरकारले सुरक्षित स्थानमा सार्ने घोषणा गरेपनि कार्यान्वयन नगरेको भन्दै गएरातीबाट सरकारी जग्गामा बस्न थालेका हुन् । उक्त जग्गा दुई सय भन्दा बढी परिवारले कब्जा गरेका छन् । गाउँबाट उक्त जग्गामा बसोवास गर्न आउनेहरुको संख्या बढ्दो छ । नुवाकोट जिल्लाको दुर्गम गाविस किम्ताङ्गका वासिन्दाहरु लगातारको पहिरोबाट त्रासमा बाँच्न बाध्य छन् । सर्वसाधारणले कब्जा गरेको जग्गा काठमाण्डौबाट केन्द्रिय कारागार सार्नका लागि प्रस्ताव गरिएको स्थान हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here