काठमाडौं, माघ २१ । सुनसरीको खनार र इटहरी क्षेत्रमा रहेको २ छुट्टाछुट्टै पोल्ट्री फार्ममागरी ६ हजार कुखुरा मरेका खबर बाहिर आएको छ ।
कुखुरा मर्नेक्रम नरोकिएपछि केन्द्रीय पशुरोग अन्वेषण काठमाडौं र क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालाले गरेको प्रारम्भिक परीक्षणमा बर्डफ्लूको जीवाणु भेटिएको बताइएको छ ।
इटहरीको पिके र सुनसरीको खनारमा रहेको पाथीभरा पोल्ट्री फार्ममा रहेका ठूलो संख्यामा कुखुराहरु मर्न थालेपछि स्थानीय प्रशासनले प्रारम्भिक चेकजाँचगरी बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा थप परीक्षण गर्न पठाएको बुझिएको छ । चेकजाँचको उक्त रिपोर्ट आएपछि कुखुरा मर्नुको एकिन तथ्य बाहिर आउने बताइएको छ ।
खनारमा रहेको पाथीभरा पोल्ट्री फार्ममा ३ हजार कुखुरा मरेको बताइएको छ । पुष २६ गतेबाट सुरु भएको यो क्रम अझै नरोकिएको र दैनिक सयभन्दा बढी कुखुरा मर्ने गरेको जनाइएको छ ।
अझै २ हजार कुखुरा रहेको यस फार्ममा मरेका कुखुराका कारण ४० लाख बराबरको नोक्सान भएको बताइएको छ । मरेका जति सबै अन्डा उत्पादन गर्न पालिएका लेयर कुखुरा भएको बुझिएको छ ।
No comments:
Post a Comment