२० बर्षअघिसम्म खानका लागि पनि तरकारी नपाइने सुर्खेत जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतको सक्रियतासँगै जिल्लामा तरकारी उत्पादनमा पनि वृद्धि हुँदै गएको हो । विगतमा आम्दानी गर्न भारत, मलेसियालगायतका देशमा जाने युवा अहिले सुर्खेतका गाउँ–गाउँमै तरकारी उत्पादनमा जुटेका छन् । विशेष गरी गाउँमा उत्पादित तरकारी गाउँबाटै बिक्री हुन थालेपछि कृषकहरु गाउँमै तरकारी खेतीतर्फ जुटेका हुन् ।
उनीहरुले गाउँमै बार्षिक रुपमा दुई लाखसम्म आम्दानी गर्न थालेपछि आयस्तरमा समेत बृद्धि भएको छ । विभिन्न समयमा बाहिर देशमा काम गर्न गएकाहरु समेत कमाइ नभएपछि गाउँ फकेर जिल्लामा तरकारी खेती थालेका छन् । विगतमा तरकारी उत्पादन नहुने जिल्लामा अहिले बार्षिक रुपमा १५ करोडको तरकारी जिल्ला बाहिर निर्यात हुँदै आएको छ ।
No comments:
Post a Comment