‘सवमर्ज’ भन्नुभएको हो ‘मर्ज’ भनेकै होइन : देवेन्द्र पौडेल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

‘सवमर्ज’ भन्नुभएको हो ‘मर्ज’ भनेकै होइन : देवेन्द्र पौडेल


jhoomka
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको स्पष्टोक्ति (प्रेस विज्ञप्तिसहित)

काठमाण्डौ, माघ १९  । नेपाल भारत या चीनस“ग मर्ज हुनसक्ने भन्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले उहाँले त्यस्तो बोल्दै नबोलेको दाबी गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले आज विज्ञप्ति जारी गरेर यस्तो बताउनुभएको हो । ‘प्रधानमन्त्रीले सवमर्ज भन्नुभएको हो मर्ज भन्नुभएको छैन । यसलाई सञ्चारमाध्यमले असावधानीबस वा नियतबस मर्जमात्रै भनेर प्रचारप्रसार गरे।’ विज्ञप्तिमा उल्लेख छ ।




प्रेस विज्ञप्तिको मुख्य अंश
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ माघ १ गते केही संचारमर्कीहरुसंगको अनौपचारिक कुराकानीमा दिनुभएको अभिव्यक्तिमध्ये ‘सवमर्ज’ भन्ने शव्दलाई केवल ‘मर्ज’ भन्ने आधा शव्दलाई मात्र टिपेर केही सञ्चार माध्यमहरुले समाचार बनाएपछि सत्य–तथ्य नै पत्ता नलगाई सडकदेखि सदनसम्म सवैतिर प्रधानमन्त्रीको भनाई ‘राष्ट्रघाती’ भएको भन्दै प्रधानमन्त्रीले माफि माग्नु पर्ने कुरा उठाइरहेका छन् । गोयबल्स शैलीमा एकोहोरो भइरहेको प्रचारवाजीले जनस्तरमा समेत थोरै भ्रम पर्न गएको महशुस गरेर यस विज्ञप्तिमार्फत् सत्य–तथ्य स्पष्ट पार्ने प्रयत्न गरेका छौं । पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगा बीचको तरुलको रुपमा परिभाषित गरे । सापेक्षिक रुपमा उनको परिभाषा युग सुहाउ“दो नै मान्न सकिन्छ तर समाज विकासक्रम संगसंगै राष्ट्रियताको परिभाषा पनि परिवर्तन भइरहन्छ । सामन्ती युगको अन्त्य पछि राष्ट्रियता सम्वन्धि पृथ्वीनारायण शाहको परिभाषा पनि पूरानो बन्न पुगेको छ । आजको युगमा आर्थिक समृद्धि बिनाको राष्ट्रियता सामन्ति राष्ट्रियता नै हो । दुइ छिमेकी राष्ट्र चीन र भारत करिव तीन दशकदेखि दोहोरो अंकको आर्थिक वृद्धिदर सहित छालमय गतिमा अगाडि बढिरहेको छ ।

सुनामी गतिमा अघि बढिरहेका दुई छिमेकी राष्ट्रको बीचमा अनेकौं सम्भावनाहरु बोकेर अघि बढिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र भने चिप्लेकिराको गतिमा घस्रिरहेको छ । यही तथ्यलाई मध्यनजर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रसंघको ६६ औं महासभालाई संवोधन गर्ने क्रममा होस् वा सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दा राष्ट्रियता सम्वन्धी सूत्रवाक्यको रुपमा एउटा कुरालाई जोड दिनुभएको छ– ‘नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ, उनीहरुलाई जोड्ने माध्यम नेपाल बन्न सक्नुपर्छ ।’ यसो गर्न नसकिएमा मूलतः आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र ‘सवमर्ज’ (डुब्ने) हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले यही नेपाली भूमिको यथार्थ वोल्नु भएको थियो ।

उहांले बोल्नु भएको ‘सवमर्ज’ भन्ने शव्दलाई केही सञ्चार माध्यामहरुले असावधानीवश वा नियतवश ‘मर्ज’ मात्रै भन्नुभएको भनेर अर्थको अनर्थ लाग्ने गरी प्रचार गर्ने काम भयो । यस प्रचारबाट सम्पूर्ण देशभक्त, राष्ट्रवादी जनसमुदायमा पर्न गएको भ्रम र त्यसबाट सिर्जित अविश्वासप्रति दुःख व्यक्त गर्दै कोही पनि भ्रमित र आशंकित नहुन आग्रह गर्दछु । साथै, आम सञ्चारकर्मी साथीहरुलाई सत्य बुझेर तथ्यका आधारमा समाचार वा विचार सम्प्रेषण गरिदिनु हुन अनुरोध गर्दछु ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here