बेल्जियम, जर्मनी, डेनमार्क लगायत अन्य युरोपियन देशमा यो फिल्म फेब्रुअरी १४ देखि चल्ने पक्कापक्की भएको निर्देशक पोखरलले बताए । अस्ट्रेलियामा फेब्रुअरीकै तेस्रो हप्ता प्रदर्शन हुने छ भने वैशाखमा इजारायलमा देख्न सकिने छ । अप्रिल ३ मा भारतमा चल्ने छ । ५ फागुनमा नेपालका हलहरुमा हेर्न पाइने छ ।
आखिर चलचित्रले समेटेको कुरो के हो? 'तीनजना साथीबीचको सम्बन्धमा घुमेको फिल्मको विषयवस्तु साधारण जस्तो लाग्छ ।' निर्देशक पोखरेल भन्छन् 'यसले फिल्म बनाउने सूत्र ब्रेक गरेको छ,' । 'हिरोहिरोइनी जंगलमा जाने, भिलेनसँग धुमधाम लडाइँ गर्ने जस्ता नेपाली फिल्मका सदाबहार सुत्रजस्तै बनेका २०/२२ वटा कुराहरु यसमा छैनन् । यो यथार्थवादी कोणबाट बनाइएको छ ।' पोखरेलको दावी छ ।
केही वर्षअघि 'सेक्स स्क्यान्डल'बाट चर्चामा आएकी नम्रता श्रेष्ठले यही चलचित्रबाट पुनः नेपाली सिने क्षेत्रमा पुर्नागमन गरेकी छिन् । उनको पुन:आगमनलाई दर्शकले कसरी स्वागत गर्ने हुन त्यो हेर्न भने केही समय कुर्नै पर्ने छ ।
No comments:
Post a Comment