दार्चुलामा वाइसीएल कार्यकर्ताले लिए आफ्नै नेता चढेको गाडी नियन्त्रणमा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 7, 2012

दार्चुलामा वाइसीएल कार्यकर्ताले लिए आफ्नै नेता चढेको गाडी नियन्त्रणमा

दार्चुलाको गोकुलेश्वरमा वाइसीएलका कार्यकर्ताले आफ्नै पार्टीका नेता धर्मेन्द्र वास्तोला र भीमबहादुर कडायतको गाडी नियन्त्रणमा लिएका छन् । लडाकुले पाएसरह भत्ता पाउनुपर्ने माग गर्दै विरोधमा उत्रिएका माओवादी भ्रातृ संगठन वाइसीएल कार्यकर्ताले गाडी नियन्त्रणमा लिएर हावा फुस्काई दिएका हुन् । दार्चुला पार्टी कार्यक्रममा सहभागि हुन पुगेका नेता चढेको गाडी उनीहरुले नियन्त्रणमा लिएका हुन् ।
यसअघि हिजो वाईसीएलले सुदूरपश्चिमका नौ वटै जिल्लाका माओवादी पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो । संविधान सभाको निर्वाचनमा पार्टी निर्देशनमा लडाकु शिविरबाट बाहिरिएको र आपूmहरुलाई पनि सेनासरह सुविधा दिलाउने वचन नेताहरुले दिएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । जनमुक्ति सेनाकै प्रमाण पत्र, उनीहरुसरह भरण पोषण, उपचार खर्च, सम्मान र क्षतिपूर्ति दिनुपर्ने र सेनामा जान चाहनेलाई भर्ति खुलाउनुपर्ने माग उनीहरुको छ ।

यता, अखण्ड सुदूरपश्चिमको माग गर्दै विद्यार्थी संगठनहरुले धनगढी बजारमा जुलुस निकालेका छन् । राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनको विरोधमा सुदूरपश्चिमका विद्यार्थीहरु उत्रिएका हुन् । प्रमुख तीन दलका सुदूरपश्चिमेली नेताहरु त्यही रहेकाले पनि आन्दोलनमा विद्यार्थीहरु उत्रिएको बताइएको छ । उनीहरुले राज्य पुनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनमा सेती–महाकाली खण्डित गर्ने सुझाव दिएकाले  मान्यनहुने बताएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here