नौ महिना गर्भमा राखेर जम्म दिएको नानीको कति माया लाग्छ भनेर कुनै आमालाई सोध्यो भने सायद आमाहरुलाई जवाफ दिन गाह्रो पर्छ । किनकी आमालाई हरेक सन्तानको अथाह माया लाग्छ । अर्को तिर नौ महिना गर्भमा राखेर जन्म दिएको आफ्नो नानी तीन दिनमा नै अस्पतालको बेडबाट अपहरण भयो भने ती आमाको कति मन रुदो हो अनि कति पिडा हुदो हो एक पटक तपाई गम्भीर भएर सोच्नु होस् त ?
हो यस्तै पिडाले अहिले छटपटाइ रहेकी छिन् एक नवजात शिशुकी आमा सरिता राई । गत माघ १ गते भरतपुर अस्पतालमा सरिता राईले छोराको जम्म दिइन् तर उनको नवजात शिशुको एक अपहरणकारी महिलाले जन्मेको तिन दिनमा नै अपहरण गरी अहिले बेपत्ता पारेकी छ ।
आखिर कसरी ती पुजा नामकी महिलाले शिशुको अपहरण कसरी गरीन् त ?
सरिता राईको नन्द गीता राईसँग भरतपुर अस्पतालको कम्पाउण्डमा बसेको बेला कति बज्यो, कता हो घर , को हो विरामी भन्ने कुराहरु गरेर नाता गाँसी अपरिचित एक महिलाले बच्चाको अपहरण गरेको सरिता राईकी नन्द गीता राईले बताएकी छन् । प्रहरीले गिता राईलाई पनि अपहरण गर्न सहयोग गरेको आशंकामा हिरासतमा राखेर अनुसन्धान गर्दैछ । प्रहरी हिरासतमा रहेका उनी बच्चा अपहरण यसरी प¥यो भनेर सुनाउँछिन ।
सरिता राई बाथरुम गएको बेला अस्पतालमा भेटिएकी अपरिचित महिलाले बच्चा हेर्ने बहानामा आफु बाथरुममा विरामी लिन बच्चा बेडमा एक्लै छाडेर गएको बेला बच्चाको अपहरण गरीएको उनले बताएर गीता राई उम्कने कोशिस गरेकी छन् ।
यता आफ्नो नवजात शिशु अस्पतालबाट अपहरणमा परेपछि आमा सरिता राई भने मुर्छिन अवस्थामा रोहेकीछन् । नौ महिना गर्भमा राखेर जन्म दिएको नानी जन्मेको तिन दीनमा अपहरणमा परेपछि शिशुको आमा र उनका आफन्तहरु आफ्नो नानी सकुशल खोजी दिन अस्पताल प्रसाशन र प्रहरीलाई आग्रह गरेका छन् । आमा सरिता राई भनि रहेकी छन की नानीलाई नन्द गीता राईसँग आएकी रातो बर्ण, भाक्क भुक्क गाला भएकी एक महिलाले अपहरण गरी नानी लगेको बताउँछिन यसरी ।
आफ्नो नानी अपहरण गरी बेपत्ता भए पछि सरिता राईलाई पिडा माथि झन ठुलो पिडा थपिएको र उनी हरेक पल आफ्नो नवजात शिशुको यादमा भरतपुर अस्पतालको शैयामा छटपटाइ रहेकी छन् अहिले । उनी बेडबाटै भनि रहेकी छन की मेरो बाबु ल्याइ दिनु होस् अरु केही चाहिदैन । आमालाई बच्चाको कति माया लाग्छ त्यो जन्म दिने आमालाई नै थाहा हुन्छ ? उनी हरेक पल आफ्नो बच्चा मात्र देख्ने गरेको र पूर्व दिशामा रहेको ठुलो घरको माथिल्यो तलामा नानीलाई बन्धक बनाइ राखेको झझल्को आइ रहेको उनले भक्कानीदै यसरी बताइन् ।
यसरी भरतपुर अस्पतालबाट नवजात शिशु अपहरणमा परेपछि अस्पताल व्यवस्थापन प्रति पनि सेवा ग्राही ससंकीत भएका छन् । सरिता राईको बच्चा अपहरण अस्पताल प्रसाशनको चरम लापरर्वाही होइन त भनेर भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेललाई हामीले सोधेका थियौं ।
त्यसो त भरतपुर अस्पतालको यो बच्चा बार्डमा आफ्नो बच्चाको रेखदेख आफै गर्नु होला अपरिचित व्यतिmको जिम्मामा नछोड्नु होला भनेर लेखिएको छ । तर अस्पतालमा विरामीको रेखदेख र सुरक्षाको लागि थुपै संख्यामा नर्सहरु, डाक्टरहरु र सुरक्षा गार्डहरु पनि हुन्छन् । अस्पताल प्रशासनले आफैले अस्पतालबाट बच्चा हराउने थाहा पाउदा पाउदै पनि आफुले त्यता तिर गम्भीर भएर ध्यान नदिइ आफ्नो बाच्चाको सुरक्षा आफै गर्नु पर्छ भन्छन् यी डाक्टर साव ।
भरतपुर अस्पतालमा भएको यो शिशु हराउने वा अपहरणमा पर्ने घटना यो पहिलो पटक होइन बारम्बार यहाँबाट बच्चाहरु हराउने गर्छन तर यता तिर नत अस्पताल प्रसाशन जिम्मेवार देखिन्छ न त सुरक्षा निकाय नै । यता डाक्टर भने सबैको सुरक्षा गर्न सक्दै नसक्ने बरु कानुनी रुपमा जे पर्ला पर्ला भने ग्रैहजिम्मेवारी तरिकाले जवाफ दिन्छन् ।
बारम्बार भरतपुर अस्पताल बाट शिशु हराएपछि सेवा ग्राहीहरुको यो अस्पताल प्रति विश्वासनीयता घटेको छ । अस्पतालको चरम लापरर्वाही देखेपछि किन नडराउन त सेवाग्राही जब डाक्टरहरुले खुलेआम अझै पनि बच्चाहरु हराउने भनिरहेका हुन्छन् ।
हामीले तीन दिनको शिशु बेडबाटै अपहरणमा परेको घटनाको सन्र्दभमा के यो अस्पताल प्रसाशन र यसमा कार्यरत कर्मचारीको चरम ग्रैहजिम्ेवारीपन होइन त भनेर सोध्दा खेरी डा. केशवराज भुर्तेल यस्तै तरिकाले अझै पनि बच्चाको अस्पतालमा सुरक्षा नहुने बताउँछन यसरी ।
यता प्रहरीले भने नवजात शिशु अपहरणको विषयलाई फितलो ढंगले अनुसन्धान अघि बढाएको देखिन्छ । शिशु अपहरणमा परेको दुई साता वित्न लाग्दा पनि त्यो नवजात शिशु कहाँ छ ? कुन अवस्थामा छ ? को हो अपहरणकारी ? तीन दिनको नानी नहुदा आमालाई कस्तो पिडा भएको होला भन्ने विषयलाई गम्भीर रुपमा नलिई अनुसन्धान गर्दा शिशुको अवस्था आजको दिन सम्म अज्ञात रहेको छ । अपहरणमा पिडित सरिता राईकै नन्द गीता राई मात्र नियन्त्रणमा लिई सोध पुछ गरि रहेको छ भने बच्चाको बास्तविक अवस्थाको बारेमा प्रहरी बेखवर छ ।
यसरी प्रहरीले गरेको अन्धाधुन्दा अनुसन्धानबाट ती अपहरणकारी महिला र नवजात शिशु कहिले फेला पर्ला ? प्रहरीले पनि तीन दिनको शिशु अपहरण पर्दा हुने मानविय संवेदनाको पिडालाई बुझी तत्काल सक्रिय भएर खोजी कार्य गर्नु पर्छ नकी हावादारी तालमा हैन ।
हाल आएर प्रहरीले भरतपुर अस्पतालमा हुन गरेका शिशु अपहरण र अन्य घटनाहरुको मध्यनजर गर्दै आगामि दिनमा अस्पताल प्रशासनसँग सहकार्य गरी सुरक्षा व्यवस्था मजबुत बनाउने बताएको छ ।
भरतपुर अस्पतालले आफुले अस्पतालको व्यवस्थापन राम्रो गर्न नसकेकै कारण हुन सक्छ अपराधीहरुले पनि यस अस्पताल लाई नै तारो बनाएको । हैन भने मुलुकमा अन्य अस्पतालहरुपनि छन् तर त्यहाँ औषत रुपमा कहिले काही घटना घटेपनि भरतपुर अस्पतालमा जस्तो डाक्टर, नर्स र अन्य कर्मचारीकै अगाडी नवजात शिशुको अपहरण भने भएका छैनन् ।
९ महिना गर्भमा राखेर जन्म दिएको आफ्नो नानी अस्पतालको वेडबाट जन्मेको तिन दिनमा हराउदा ती आमाको मन कति रुन्छ होला अनि ती आमा कति तड्पिन्छन् होला भनेर सायद डाक्टर र प्रहरी सापलाई थाहा छैन होला । त्यहि भएर त होला नी प्रसुति गृहका डाक्टर, अस्पताल व्यवस्थापन समिति र प्रहरी अधिकारीहरु अस्पतालको सुरक्षा प्रति यति सम्म गैरजिम्मेवार बनेको ।
सरिता राईको नवजात शिशुको प्रहरी प्रसाशन र अस्पताल प्रसाशनले तत्काल खोजी गरी यथासिघ्र शिशुको उद्दार गरी आमालाई जिम्मा लगाउनु पर्छ । मानव सेवामा सर्मपित डाक्टरहरु र प्रहरी अधिकृतहरु यस्तो गम्भीर विषयमा जहिले पनि उच्च सर्तकता र पूर्ण जिम्मेवार भएर लाग्नुपर्छ । यस घटनामा पनि भरतपुर अस्पतालका डाक्टर र प्रहरी अधिकारीहरु सहकार्य गरी शिशुको खोजीमा सक्रिय होउ ।

No comments:
Post a Comment