हाम्रा पालाको भन्दा निकै फरक बनेको रहेछ यो सिनेमा। ऊबेला जस्तो असल मानिस बन्न इमानदार हुनुपर्छ भनेर यस सिनेमाले मान्छेलाई हुतिहारा हुन प्रोत्साहन गरेको रहेनछ। सत्यको जित हुन्छ भन्ने काल्पनिक कथा पनि यस सिनेमाले बताएन हामीलाई। सम्पत्ति कमाउन बैँक लुट्नुपर्छ, लुटेपछि कसैका बाबुले केही पनि नाप्तैन भन्ने ठाडो ज्ञान यो चर्चित र सफल सिनेमाबाट प्राप्त हुन्छ। यसरी हेर्दा यस सिनेमाको भाव, कथा र निष्कर्ष एकदमै सकारात्मक छ। काठमाडाँैबासी सबै गिद्ध हुन् भन्ने नयाँ ज्ञान पनि यसले दिन्छ। डन वा लुटेरा बनेर तुरुन्तै धनी हुन इच्छुक युवा पुस्ताले यो सिनेमा हेर्नैपर्छ।
पात्रहरूको चरत्रि अनुसार वास्तविक जीवनमा उनीहरू जे बोल्छन्, सिनेमामा पनि त्यही बोल्न लगाउनु सिनेमाको अर्को सकारात्मक पक्ष छ। यसबाट हाम्रा बालबालिकाले घरपरविार र समाजबाट सिक्न नपाएका अश्लील गालीगलौज लुटबाट सिक्नेछन्। संवादैपिच्छे छाडा शब्दको प्रयोगद्वारा यस सिनेमालाई पारविारकि फिल्म बनाइएको छ। केहीकेही शब्दमा सेन्सर गरेझैँ गरएिको छ तर ती शब्द बुझिन्छन्, निर्माता र सेन्सर बोर्ड दुवैले चिन्ता गर्नुपर्दैन।
सिनेमामा केही कमजोरी पनि छन्। लुटको मुख्य कमजोरी यो परम्परागत फर्मुलाबाट बाहिर गएको छ। परम्परा तोड्नु राम्रो लक्षण होइन। यसमा धनी बाबुकी छोरी र गरबि बाबुको छोरोबीचमा 'लभ' परेको त छ तर केटीका बाबुले सम्भावित ज्वाइँलाई बन्दुक ताकेको छैन, गुन्डा लगाएर त्यसका खुट्टा भाँच्ने प्रयास पनि गरेको छैन। नायकनायिका घरबाट भागेर कुनै जङ्गल वा बिरानो गाउँमा गएर बसेको, कुल्ली काम गरेको, दाउरा चिरेको, विरहका गीत गाएको इत्यादि कथा पनि
यसमा छैन।
हिरोलाई पटकपटक गुन्डाले लखेट्लान्, कुट्लान् र एक थान सुईखुट्टे नायकले १५/२० थान भुसतिघ्रे खलनायकलाई हावामा उडाएर, रूखमा टाँगेर, सिसाका झ्यालबाट छिराएर, अनेक गरेर सोत्तर पार्ला र नायिकाको खसेको ब्याग भुईंबाट टिपेर दिएपछि दुई जनाबीच लभ सुरु होला भन्ने लागेको थियो, त्यस्तो केही देख्न पाइँदैन। मुख्य पात्रको स्वाभाविक लाग्ने पछारपछार गरेको र मासुको थुप्रो वा भैँसीको टाउकोले हानाहान गरेको देख्ता सुटेडबुटेड हिरोले ज्यानमा धूलो पनि नलागी दर्जनाँै गुन्डालाई धूलो चटाउने हाम्रा जमानाका सिनेमाको यादले खूब सताउँछ।
यस्ता केही कमजोरीका बाबजुद सिनेमा गतिलो बनेकैले लुटले दर्शकको पैसा लुटेको कुरामा दुईमत हुँदैन। समाजमा हुने कुरा जस्ताको तस्तै देखाएर सिनेमा बनाउने क्रममा लुटको सफलताबाट शिक्षा लिएर अबदेखि सेन्सर बोर्डले शब्दमा मात्र होइन, सिनेमाका कुनै पनि दृश्यमा कैँची लगाउनु हुँदैन। अब सबै लुगा फुकालेर, सिरक पनि फालेर सिनेमा बनाउनुपर्छ। त्यसरी बन्ने सिनेमाले करोडौँ होइन, अर्बौं लुट्नेछ। त्यस्तो सिनेमाको नाम ब्रह्मलुट राख्नचाहिँ बिर्सनु हुँदैन। यसैमा नेपाली सिनेमा र नेपाली दर्शकको कल्याण छ।
No comments:
Post a Comment