लुकाइएको भेटिए तत्कालै स्थानीय उपभोक्तालाई बाँडिने
काठमाण्डौ, माघ १९ l पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेका १३ विद्यार्थी संगठनले आजदेखि उपत्यकाका पेट्रोलपम्प र ग्यास डिपोहरुमा छापा मार्दैछन् । मूल्यबृद्धि भएपछि पनि उपभोक्ताले पर्याप्त मात्रामा ग्यास तथा पेट्रोल नपाएपछि कृतिम अभाव सृजना गरेको हुनसक्ने आशंका गर्दै विद्यार्थी संगठनले डिपो तथा पम्पमा छापा मार्न लागेका हुन् । छापा मार्ने क्रममा ग्यास तथा पेट्रोल लुकाईएको भेटिए तत्कालै स्थानीय उपभोक्तालाई वितरण गरिने जानकारी पनि उनीहरुले दिएका छन् । छापा मार्ने डरले व्यापारीले ग्याँस लुकाएको भए त्यसको समेत खोजी गर्ने उनीहरुको भनाई छ । यसअघि उनीहरुले हिजोमात्रै छापा मार्ने क्रममा सहयोग गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी संगठनले मूल्यबृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी राख्ने बताएका छन् ।

No comments:
Post a Comment