कोपिला छु सिर्जना म , भोली फुल फुल्छु
हिमाल पहाड तराई , सबै तिर डुल्छु
अन्धकारको जुनकिरी हु , घुम्छु यात्री बनि
अन्याय र अत्याचारको , फाल्ने जरो खनि |
भ्रस्टाचारी तस्करहरुको , मुखै डाम्ने गरी
मिल्काउने छु काला कानुन , सडकमा झरी
श्रमजिबी जनताहरुको , ल्याउनु पर्ने दिन
शोषकहरुलाई गर्न थालौं , आजैबाट घिन |
गरीब दुखि सुकुम्बासी , यि हुन् मेरा साथी
यिनकै लागि लड्दै जान्छु , पुर्याउनलाई माथी
उठाउछु म सबैलाई , देश बिकास गर्न
पुर्ब पश्चिम , उत्तर दक्षिण , सृजनाले भर्न |
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल ;- कतार
(पुरानो कबिताको डायरीबाट २३ डिसेम्बर २०१० मा कान्तिपुर कतारमा प्रकासित )

No comments:
Post a Comment