आपसी विवादमा आज उपत्यकाका सबै निजी विद्यालय बन्द - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

आपसी विवादमा आज उपत्यकाका सबै निजी विद्यालय बन्द

विद्यार्थी तथा अभिभावक आक्रोशित काठमाण्डौ, माघ १९ । शिक्षक निष्कासनको विषयलाई लिएर नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले आज राजधानीका निजी विद्यालय बन्दको आह्वान गरेको छ । मञ्चको आह्वानका कारण आज बिहानदेखि नै राजधानीको निजी विद्यालयको पठनपाठन कार्य ठप्प बनेको छ । राजधानीको कपनमा रहेको ड्याफोडिल बोर्डिङ्ग स्कुलका शिक्षकद्वय रमेश दंगाल र विजेन्द्र प्रधानलाई विद्यालयले निष्कासन गरेको विरोधमा मञ्चले विद्यालय बन्दको आह्वान गरेको हो । विद्यालयका प्रिन्सिपल हरि दाहाल र मीना कार्कीले आफूहरुलाई गुण्डा प्रयोग गरी ७ घण्टासम्म थुरेर चरम यातना दिएको आरोप प्रधान र दंगालले लगाएका छन् । उनीहरुले ड्याफोडिल बोर्डिङ्ग स्कुल अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छतन् । निष्कासित शिक्षकहरुलाई पुर्नबहाली र विद्यालय प्रशासनले क्षमायाचना गर्नुपर्ने उनीहरुको माग छ । यता एउटा विद्यालयमा शिक्षक र प्रिन्सिपलबीच भएको विवादका कारण राजधानीका अरु सयौं स्कुलहरु बन्द गरेपछि ती विद्यालयका विद्यार्थी तथा अभिभावक आक्रोशित बनेका छन् । ठूलो लगानी गरेर आफ्ना छोराछोरीलाई स्कुल पठाइएको भएपनि यो या त्यो बहानामा स्कुल बन्द हुनु दुखद विषय भएको उनीहरुको भनाई छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here