चोर भनि भनौ भने प्रमाण बिना गार्हो भो
मेरो मुटु चोरेकै हो बाच्न मलाई सार्हो भो ।
ईमान्दार हुन्छु भन्दै आयौ मेरो मुटु बीच
थाहा नदिई लिई गयौ रहेछौ है सार्है निच ।
आयौ रात बस्यौ बास गर्यौ ठुलो मलाई घात
मागे देखि दिने थिए के नै थ्यो र ठुलो बात ।
मलाई सदै लागे रहेछ तिम्रो प्यारको मिठो मात
किन टाडा हुन्छौ तिमि मिल्ने थियो हाम्रो जात ।
यस्तो गर्छौ भन्ने मैले सोच्या पनी थिएन
घात गर्न नैतिकताले कहिल्यै मलाई दिएन ।
तिमि राख चोरेको मुटु जन्म जन्म साँची
ज्युदै मलाई मारी हाल्यौ तिमि मात्रै बाँची ।

-जगत प्रसाद आचार्य
No comments:
Post a Comment