विशेष समितिको टोली शिविर तर्फ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

विशेष समितिको टोली शिविर तर्फ

स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकुको बिदाई प्रक्रिया थाल्न विशेष समितिमातहतको सचिवालयको टोली लडाकु शिविरका लागि आज राजधानीबाट हिँडेको छ । टोली साँझदेखि भोलि बिहानसम्ममा ७ मुख्य र २८ सहायक शिविरमा पुगिसक्ने सचिवालयले जनाएको छ । प्रत्येक टोलीमा शिविरमा रहेका लडाकु संख्याका आधारमा ८ देखि १२ जनासम्म रहेका छन् । विशेष समितिले माघ १७ देखि नै बिदाई प्रक्रिया थाले निर्णय गरे पनि माओवादीले बखेडा झिक्दा ढिलाई भएको विपक्षी नेताहरुले बताएका छन् । लडाकु बिदाइको काम भोलिदेखि मात्र औपचारिक रुपमा सुरु हुनेछ ।
स्वेच्छिक अवकाश रोजेका लडाकुलाई राहतस्वरुप दिइने रकमको पहिलो किस्ता उपलब्ध गराएर बिदाई गरिने छ । विदाईका लागि लडाकुको बैंक खाता खोल्ने र चेक बनाउने काम सकिएको जनाइएको छ । पुनवर्गीकरणका क्रममा १९ हजार ६ सय २ मध्ये ७ हजार ३ सय ६५ लडाकुले स्वेच्छिक अवकाशको विकल्प रोजेका थिए । अवकाश रोजेका लडाकुलाई १२ दिनभित्र बिदाई गरिसकेर बाँकी रहेका लडाकुलाई १४ वटा शिविरमा केन्द्रित गर्ने र १४ शिविर खाली गर्ने विशेष समितिको योजना छ । अवकाशमा जानेलाई बिदा गरेपछि समायोजनामा जाने लडाकुको प्रक्रिया अगाडि बढाइने छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here