आज माघ १९, राजनैतिक इतिहासको कालो दिन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

आज माघ १९, राजनैतिक इतिहासको कालो दिन


jhoomka
काठमाडौं, माघ १९ (झुम्का डटकम), आज माघ १९ अर्थात् प्रजातान्त्रिक व्यवस्थाको अन्त्यगरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको कालोदिन ।

आजभन्दा ७ वर्षअघि २०६१ साल माघ १९ गते आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशिल तुल्याउने भन्दै ‘राजनैतिक कु’गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्तगरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डलको गठन गरेका थिए ।

संसदीय व्यवस्था अन्र्तगत निर्मित देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिन भन्दै सम्झिने गरिन्छ । दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका ज्ञानेन्द्र शाहको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनाइदियो ।

त्यस्तै दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किदै गयो । अन्ततः द्धन्द्धरत माओवादी र तत्कालीन सातदलबीच २०६२ मंसिरमा दिल्लीमा १२ बुँदे समझदारी भयो । यही समझदारीको जगमा माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन ग¥यो र संविधानसभाको निर्वाचन हुँदै २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here