देवेन्द्र-गिरिश / तस्बिरः राजेश के.सी.
आफैंमा छन्द कविजस्ता लाग्ने गायक कुमार सुब्बा अर्का कवि अगमसिंह गिरीलाई उद्धृत गर्दै सुनाइरहेका थिए । प्रसङ्ग थियो, नेपाल र नेपाली मायामोहको । ‘हत्तेरी हो भाइ’, साना चिम्सा आँखा बिस्तारित गर्दै आठ वर्षछि दार्जिलिङबाट काठमाडौं उत्रेका कुमार सुब्बा भन्दै थिए, ‘म नेपालको ऋण भारले यत्ति थिचिएको छु कि म त्यो भार यो जुनीमा चुकाउन सक्दिन होला ।’ कुमारले भने, ‘रेडियो (नेपाल) ले मलाई उपयुक्त ठाउँ दियो, म कुमार सुब्बा भनेर चिनिन सकें ।‘साना काँटका दाजुभाइजस्ता लाग्ने कर्म योञ्जन र कुमार सुब्बा शनिबार (June 17, 2006) एकैसाथ पुल्चोकमा भेटिए । ‘अब हाम्रो जोडी नेपालयको पलेंटीमा बस्नेछ,’ हषिर्त स्वरमा भन्दै थिए कर्म, ‘यो पनि संयोग र अवसर दुवै हो । ‘यसअघि दार्जिलिङमा एकल गायन कार्यक्रम गरिसकेका कुमारको नाम एकैसाथ कर्म योञ्जन र मनबहादुर मुखियासँग पनि जोडिने गरेको छ ।
‘हो त नि, म ०२८ सालमा काठमाडौं आउँदा हाम्रो ‘अनि देउराली रुन्छ’ नाटकका गीतसंगीत चल्तीमा थिए । म त्यसबेला काठमाडौंको टोलटोलमा गाउँदै हिँडेको थिएँ,’ कुमारले पुराना दिन सम्झे । उमेरमा ५० बर्ष धेरैअघि नाघेर पनि काममा बुढ्यौली अनुभव गरिरहेका छैनन् कुमार । ‘पहिला कर्म-गोपालको जोडी थियो’, सँगै बसिरहेका कर्म योञ्जन भन्दै थिए, ‘अहिले कर्म-कुमारको जोडी बनेको छ ।
यस्तैमा कुमारले ‘सारंगी’ गाइसकेपछि संसदबाट ओर्लिएर नेपालयको ‘आर शाला’ पुगेका रघुजी पन्तले औंलो ठड्याउँदै नियमापत्ति गरे । ‘यो गीतमा उतिबेला एउटा अन्तरा नै सेन्सर गरिएको थियो’ सांसद पन्त सोधिरहेका थिए,’अहिले किन त्यो अन्तरा सुनाइएन ?’ सुब्बाले दोहोर्याएर यो अन्तरा थप्दै गीत सुनाएपछि हल लामो समयसम्म तालीले गुञ्जिएको थियो ।
‘चाल पाउने कोहि होलान् भन्ने लागेकै थिएन’ यथावत गाउने निर्णय भएको सुनाउँदै कुमारले भनेका थिए,’ यि कुराहरु छुट्दा गीतको भाव मरेको थियो ।’अन्त्यमा यहि गीत तेश्रो पटक पनि कुमारले गाइदिनु पर्यो । अनि त्यसैको आवेशमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित कार्यक्रम सकिएपछि सांसद पन्तलाइ कुमार र कर्मका छेउमा लगेर फोटो खिंचाउँदै थिए ।’धेरै समय बाद मैले हुबहु गाउन पाएँ’ लजाएर मुस्काउँदा मुस्काउँदै बुढेसकालको छेउ तिर पुगेका कुमार आँखा चिम्सो पार्दै भनिरहेका थिए,’ अलग पारिएको अंश जोड्न लगाएकोमा धन्यवाद ।
भलाकुसारीमा कनकमणि, लरेन मोरिआर्टी (अमेरिकी राजदुत पत्नी) र मन्जुल
‘कार्यक्रममा ‘अनि देउराली रुन्छ’ बाहेकका पनि थुप्रै गीतहरु गाइएको थियो । तिनैमा ‘बनेको छ पहराले यो छाती मेरो’ का अघिल्ला गायक कुमारले गोपाल योञ्जनमैं समर्पित गर्दै त्यो गीत फेरी सुनाएका थिए ।
गीतको रचना
गर्दाकै हरफमा कुमारले गाए- ‘म झुक्दै नझुक्ने पहाडको छोरो’ ‘गोपाल दाइले यो अन्तिम गीत मलाइ दिएर सधैंका निम्ति दार्जिलिङ छाड्नुभएको थियो’ कुमारले सम्झना गर्दै भने, ‘आज यो गीतले त्यो बेलाको स्थिती सम्झाउँछ ।’ कुमार त्यही गीत गाउन थाले-गुराँस तेरो लाली, अन्तै बाँडी दे हिमाल तेरो पानी, अन्तै फैलाइ दे म हिंडे , पर्वतको शिरलाइ कुल्चेर ‘
कार्यक्रममा प्रत्येक अर्का गीतहरु नेपाली सांगीतिक इतिहासका डोबहरुलाइ पत्र पत्र गरेर उखेल्दै अघि बढिरहेको थियो ।
मनबहादुर मुखियाका अनुसार कुमार सुब्बा र कर्म योञ्जनले साथमा चार दशक भन्दा पनि लामो यात्रा गरेका छन् । यो जोडीका गीतहरु बाहेक मेची पूर्वदेखि आएका संगीतकार कर्मले आफ्नै स्वरमा पनि सुनाए- ‘पश्चिमी हावा ओसार्छ, घरको मिठो सम्चार उजेलो लाग्छ मलाइ घरको मेरै संसार’
गीतहरु बजिरहेका बेला अधिकांशमा समाजसेवी अनुराधा कोइरालाका ओंठहरु पनि संगसंगै गाइरहेका देखिन्थे भने कतिपयमा उनले थाम्नै नसकेर जुरुक्क उभिंदै ताली समेत बजाएकी थिइन् । ‘मेची वारी र पारीका शव्दहरुले बढी छुने गर्छ’ कोइरालाले भनिन्,’ हामीलाइ जोड्ने यि भावनाहरु सुन्नकै निम्ति आएकी हुँ ।
No comments:
Post a Comment