गरिबको जीन्दगी भो , हास्न सकिन निष्ठुरीको माया बिना , बाच्न सकिन |सबै तिम्ले पढेकै थियो , मेरो जीबन कथा आशु चुहाई बोलेकी थियौ , बुझ्छु तिम्रो ब्यथा छाती भित्र पीडा बल्झ्यो , हास्न सकिन बैगुनीको माया बिना , बाच्न सकिन |कतै मेरो गल्ति थियो , बोल्नु पर्थ्यो पहिले मन मुटु साटे पछि , घृणा गर्छौ अहिले सम्झनाले ब्याकुल भए , हास्न सकिन निष्ठुरीको माया बिना , बाच्न सकिन | डम्बर पौडेल चानुवा -८ ,धनकुटा हाल :- कतार
No comments:
Post a Comment