छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ
आँखालाई सेक्न, जति नि पाइन्छ
उध्रेको चोली छ है, त्यही पनि लाइन्छ ।
धेरैको मुखमा झुन्डिएको फिल्म लुटको यो गीत झट्ट सुन्दा दुईअर्थी लाग्छ। यौनिक आमन्त्रणको झल्को दिने यो गीतलाई फिल्ममा अतिरत्तिm रूपमा प्रयोग गरएिको छ। अतिरत्तिm यस अर्थमा कि, फिल्मको कथ्य सिलसिलासँग गीतको कुनै साइनो छैन। कलाकारका रूपमा अभिनेत्री सुषमा कार्की स्टेजमा मज्जाले नाचेको देख्न सकिन्छ। केही पात्रहरू मदिराको मदहोस शैलीमा उनी वरपिर िघुमिरहन्छन्। कुनै डान्सबारको परदिृश्य पेस गर्छ यसले।
लुटको यही गीत र दृश्यका कारण अभिनेत्री कार्की 'आइटम गर्ल' कहलिइन्। गीतले त्यत्तिकै चर्चा पायो। त्यति मात्र होइन, यसले नेपाली फिल्मी परम्परामा अलिक सुस्ताउँदै गरेको आइटम गीत र नृत्यको चलनलाई फेर िएकपटक झकझक्याइदिएको छ।
प्रायः चलेका नायिकाहरूले यस्ता आइटम गीतमा नृत्य गरेका छन्। करश्िमा मानन्धर, रेखा थापा, रेजिना उप्रेती, ऋचा घिमिरे, विपना थापा र उषा पौडेल नेपाली सिनेमामा बढी आइटम डान्स गर्ने नायिका हुन्। धनसम्पत्तिबाट आइटम डान्स गर्न थालेकी रेजिना भन्छिन्, "निर्माता/ निर्देशक दर्शकले यही चाहन्छन् भनेर पनि फिल्ममा आइटम डान्स राख्छन्। हामी त कलाकार हो, भनेको मान्नैपर्यो।" निकट भविष्यमा सार्वजनिक हुने परेलीमा पनि उनको आइटम डान्स देख्न सकिने छ।
फिल्मी क्षेत्रमा आइटम डान्स भनिने यस्ता नृत्यमा सुन्दर युवतीलाई नचाएर दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रयास गरएिको हुन्छ। फिल्मकर्मीहरू आइटम डान्सलाई आइटम नम्बर पनि भन्छन्। आइटम डान्सलाई फिल्मको मसला मानिन्छ। खासगरी दर्शक तान्ने मसला। यसले फिल्मलाई रोचक र आकर्षक बनाउन मद्दत गर्छ।
नृत्य निर्देशक वसन्त श्रेष्ठका अनुसार देवीदेवताकै पालादेखि सुन्दरी नचाएर आनन्द लिने गरन्िथ्यो, जुन पछि आएर फिल्म क्षेत्रमा समेत प्रयोग भयो। "उर्वशी, मेनकालाई नचाएर देवताहरूले लिने आनन्द पनि आइटम डान्समै पर्छ, अहिले आएर हेर्दा। नामकरण मात्रै अहिले भएको हो," श्रेष्ठको जिकिर छ।
नेपाली सिनेमा क्षेत्रमा चाहिँ आइटम डान्स बलिउडबाट भित्रिएको हो। अभिनेत्री वैजयन्ती मालाले बलिउडमा पहिलोपटक यस्तो नृत्य गरेकी थिइन्। "नेपाली फिल्मका धेरै पक्षमा भारतीय प्रभाव झल्किएको छ। आइटम नम्बर पनि उतैबाट आएको हो," श्रेष्ठ भन्छन्, "आइटम नम्बर अहिलेको समयको माग हो।"
नेपाली फिल्मी क्षेत्रमा भने आइटम डान्सको प्रयोग विसं २०३० मा बनेको मनको बाँधबाट सुरु भयो। यो फिल्ममा विमला श्रेष्ठले पहिलोपटक आइटम डान्स गरेकी थिइन्, 'मेरो मुटुको माझमा, एउटा बत्ती बलिरहेछ....' बोलको गीतमा। यद्यपि, त्यतिबेला त्यस प्रस्तुतिलाई आइटम नम्बर भनिएन। "तर, त्यो नाच आइटम नम्बर नै थियो," थुप्रै नेपाली फिल्ममा आइटम डान्स गराएका नृत्य निर्देशक श्रेष्ठ भन्छन्, "फिल्म निर्माणको गतिसँगै नृत्य शैलीहरूमा अनेकन मोड आए, त्यसमा आइटम नम्बर पनि गाँसिन आइपुग्यो।"
विसं '५० को दशकसँगै नेपालमा फिल्मको संख्या ह्वात्तै बढ्यो। यस क्रममा सारंगा श्रेष्ठ, सोनी गुरुङ, सीता गुरुङजस्ता नृत्यांगना पनि जन्मे, जसले आइटम डान्सकै कारण चर्चा कमाए। यी तीन जनाले नृत्यको क्षेत्रमा एकछत्र राज नै गरे, लगभग एक दशकसम्म। सारंगाले भोजपुरी, सीताले आधुनिक र सोनीले अर्धशास्त्रीय नृत्यमा आफ्नो परचिय बनाएका थिए।
त्यसको प्रभाव अरू नायिकामा पनि पर्न थाल्यो। तर, आइटम गर्ल नै भनेर भने कोही पनि चिनिएनन्, नेपाली फिल्मी क्षेत्रमा। "कलामा साधना नपुगेकाले यस्तो भएको हो," अहिले नृत्य प्रशिक्षक बनिसकेकी सोनी गुरुङ भन्छिन्, "अहिले लुटले फेर िआइटम डान्सलाई ब्यूँझाइदिएकामा खुसी लागेको छ।"
'३० को दशकमा भित्रिएको आइटम डान्सले यतिखेर फेसनकै रूप लिएको नृत्य निर्देशक राजु शाहको मूल्यांकन छ। फिल्ममा पुरुष दर्शकलाई लोभ्याउनका लागि महिला नर्तकीलाई ग्ल्यामरस शैलीमा नचाउने गरएिको उनको भनाइ छ। "यसको मुख्य काम भनेको फिल्मको प्रवर्द्धन नै हो," शाह भन्छन्।
फिल्ममा उत्तेजक पाराले युवतीलाई नचाउँदा दर्शकले ज्यादा रुचाउने गरेको अनुभव फिल्म निर्देशकहरूको छ। तर, यसले फेसनको रूप लिएपछिचाहिँ छाडापन बढेेजस्तो देखिएको उनीहरूको बुझाइ छ। "मीठो र कलात्मक तरकिाले प्रस्तुति दिँदा र सोझै भन्नुमा फरक हुन्छ," निर्देशक श्रेष्ठ भन्छन्, "नृत्य र गीतले सोझै केही पस्किँदा त्यसको कलात्मक पक्ष ओझेलमा पर्छ। यसलाई ख्याल गर्नुपर्छ।"
आइटम गीतमा अचेल त आगै बाल्ने दृश्य आउन थालेको तीनवटा फिल्ममा आइटम डान्स गरेकी नायिका रेखा थापा पनि स्वीकार्छिन्। भन्छिन्, "फिल्मको मसला भएपछि यो नराम्रो कुरा होइन, दर्शकले नै त्यस्तै खोज्छन् भने दिनैपर्यो।"
आइटम डान्सका रूपमा विपरीत लिंगीलाई उत्तेजित गर्ने किसिमका छोटा पहिरनमा युवतीलाई स्टेजमा उतारेर अंग प्रदर्शन नै गराउने होडबाजी नै छ, अहिले नेपाली फिल्ममा। त्यसैले पछिल्लो समय अंग प्रदर्शनलाई नै आइटम डान्सको रूपमा लिन थालिएकाले यसको कलात्मक पक्ष क्रमशः ओझेलमा पर्दै गएको ठहर छ, सोनी गुरुङको। भन्छिन्, "हिप देखाउँदैमा कसैले वाह भनिदियो भनेर त्यसैको पछाडि लाग्नु कलाको महत्त्व नबुझ्नु हो। फिल्मी कलाकारमा साधना गर्ने जाँगर छैन। जीउ देखाउँदैमा हिट भइन्छ भने किन मिहिनेत गर्ने भन्ने सोच छ, उनीहरूमा।" 'उध्रेको चोली...'मा समेत कलात्मकता नभएको सोनीको टिप्पणी छ। "जति कलात्मक तवरले दिनुपथ्र्यो, त्यस्तो देखिएन। खालि अंग प्रदर्शनलाई मात्रै बढी फोकस गरएिको छ," सोनीको समीक्षा छ।
फिल्म सुटिङ् र गीत सुटिङ्मा लाग्ने समयावधिको तुलानामा आइटम डान्सबाट बढी पारश्रिमिक पाइने कलाकारहरूको अनुभव छ। महिनौँ लगाएर फिल्मको सुटिङ् गर्दा पाइने पारश्रिमिक र दुई दिनमा सकिने आइटम डान्स गरेर पाइने पैसामा आइटम डान्सबाटै बढी फाइदा हुने नायिका रेजिना बताउँछिन्। भन्छिन्, "फिल्ममा अभिनय गरेर कमाइने पैसाभन्दा आइटम डान्स गरेर बढी कमाइन्छ। त्यसलै पनि आइटम डान्सका लागि कतिपय कलाकार तयार हुन्छन्।" दर्पण छायाँ, औजार, मेरो लभ स्टोरीमा पनि आइटम नृत्य देखाएकी नायिका सुषमा कार्कीको अनुभवमा पनि आइटम डान्सबाटै राम्रो आम्दानी हुने गरेको छ।
नेपाली सिने क्षेत्रमा पहिलोपटक आइटम डान्स गर्ने विमला श्रेष्ठले राष्ट्रिय नाचघरको जागिरबाट आफ्नो तलब प्रतिमहिना ६ सय रुपियाँ हुँदा मनको बाँधमा दुई घन्टा आइटम डान्स गरेर आठ हजार रुपियाँ पाएकी थिइन्। पछि अर्को फिल्म मायाप्रीतिले २० हजार रुपियाँ दिएको थियो। नृत्य निर्देशक राजु शाह पनि आइटम डान्स गर्ने कलाकारले अभिनयको तुलनामा रामै्र आम्दानी गर्ने गरेको बताउँछन्।
कतिपय नायक/नायिकाले आइटम डान्सकै कारणले एकसाथ नाम र दाम कमाएका छन्। जस्तो ः झन्डै एक दर्जन फिल्ममा अभिनय गरेर पनि जम्न नसकेकी नायिका कार्कीलाई चौथो आइटम डान्स 'उध्रेको चोली...'ले चर्चामा ल्याइदियो।
जे भए पनि आइटम डान्स फिल्म चलाउने एउटा सूत्रका रूपमा स्थापित हुँदै छ। ग्ल्यामर, नृत्य र गीतसंगीतसँग जोडिएको कामुकताको यो सूत्र फिल्मकर्मीका लागि कत्तिको फाप्ला, त्योचाहिँ भविष्यले नै देखाउने छ।
चर्चित पाँच आइटम डान्स
'एई संगीता...’
सुनचाँदीमा सारंगा श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले नाचेको 'एई संगीता...' बोलको गीत निकै चलेको थियो । नाइट बारमा छायांकन गरिएको यस प्रस्तुतिमा सारंगाको कामुक तर कलात्मक नाच हेर्न सकिन्छ ।
'हामीलाई पनि मायाले हेर पार्वती...’
यो गीत फिल्म अग्निपरीक्षाभन्दा बढी चल्यो । यसमा पनि सारंगा श्रेष्ठ र राजेन्द्र खड्गी नाचेका छन् । सूर्य बोहराले बनाएका हुन्, यो फिल्म ।
'सुन्दरीको मनमा बस्ने को होला... ’
कृष्टि मैनालीले नाचेको यो गीत पनि निकै रुचाइएको आइटम नम्बरमा पर्छ। सपना फिल्मको यो गीतमा कृष्टिको कम्मर हल्लाइको शैली निकै उत्तेजक मानिन्छ । '४० को दशकमा शम्भु प्रधान निर्देशित यो चलचित्रको गीत त्यतिबेला निकै लोकपि्रय थियो ।
'चुलबुले यो जवानी छ...’
नायिका ऋचा घिमिरेले आइटम डान्स गरेको यो गीत हिन्दी र नेेपाली शब्दमा छ । गुरुदक्षिणा फिल्मको मादक स्वरको यो गीतमा ऋचाले नाइट बारमा उत्तेजक नृत्य पस्केकी छन् ।
'काले कृष्णजी बजाइदेऊ मुरली...’
रेखा थापाको 'हट' दृश्य हेर्न पाइन्छ, यो गीतमा। आफ्नो मान्छे आफ्नै हुन्छ फिल्मको यो गीतमा रेखाले सर्पलाई आफ्नो शरीरमा बेरेको दृश्य निकै कामुक लाग्छ ।
पहिलो आइटम डान्सरको अनुभव
'नाच्नु, गाउनु भनेको जीवन बर्बाद बनाउनु हो, बिग्रेकाहरूले गर्ने काम हो' भन्ने धारणा व्याप्त भएका बेला फिल्मी पर्दामा आइटम डान्स गर्नु चानचुने कुरा थिएन। तर, नृत्यांगना विमला श्रेष्ठले त्यो आँट गरनि्। र, २०३० सालमा रििलज भएको फिल्म मनको बाँधको आइटम गीतमा नृत्य गरेर पहिलो आइटम डान्सर बनिन्।
घरबाट भागीभागी नाच्नुपर्ने हुन्थ्यो। यस्ता कार्यक्रम भएको दिन त विमला घर नै फर्किंदैन थिइन् रे। "वरपिरकिा मान्छेले तथानाम गाली गर्थे। वेश्या आई भन्दै ढुंगा हिर्काउँथे," ती दिन सम्झँदा अहिले पनि उनका आँखाबाट बरर्र आँशु र्झछन्।
यति कडिकडाउ संस्कार र सामाजिक बन्धनमा हुर्किएकी विमलाले करबि १६/१७ वर्षको जवानीमा मनको बाँध फिल्ममा आइटम डान्स गर्ने निधो गरनि्। "मेरा बाआमाले थाहै पाएनन्," उनी भन्छिन्, "उहाँहरूले कुनै पनि फिल्म हेर्नुभएन।"
फिल्मको सबै छायांकन सकिएपछि क्यामराम्यान वैकुण्ठ मास्केले बारम्बार अनुरोध गरेपछि उनको वचन काट्न नसकेर उनी आइटम डान्सका लागि राजी भइन्, त्यो पनि सर्तसहित। उनको सर्त रहेछ, फिल्ममा दुइटा हात र अनुहार मात्रै देखिनुपर्छ।" सर्तमा सहमतिपछि उनले अतिथि कलाकारको रूपमा फिल्ममा आइटम डान्स गरनि्। शंकर होटलमा दुई घन्टामा सुटिङ् सकिएको उक्त डान्सको दृश्यमा विमला आफैँले जानेको मेकअप गरेर आफ्नो अनुहार अरूले सजिलै नचिन्ने बनाएकी छन्। "यति मात्रै देखाएर नाच्नु पनि निकै ठूलो कुरा थियो," विमला भन्छिन्, "शरीर हल्लाउनै नपाउने त्यो जमानामा अंग देखाएर नाच्न हामी सक्दैनथ्यौँ। तर, मैले आँटँ।"
मनको बाँधबाट आइटम डान्सको बाँध तोडेर नेपाली फिल्मकी पहिली आइटम नम्बर बनेकी विमलाले त्यसपछि भोजपुरी फिल्म मायाप्रीति र नेवारी फिल्म मजबुतमा आइटम डान्स गरनि्। त्यसपछि भने फिल्मी क्षेत्रमा यस्तो नृत्य गरनिन्। भन्छिन्, "इच्छै भएन, फिल्मी क्षेत्र मलाई सायद मन नपरेको हो कि !"
आँखालाई सेक्न, जति नि पाइन्छ
उध्रेको चोली छ है, त्यही पनि लाइन्छ ।
धेरैको मुखमा झुन्डिएको फिल्म लुटको यो गीत झट्ट सुन्दा दुईअर्थी लाग्छ। यौनिक आमन्त्रणको झल्को दिने यो गीतलाई फिल्ममा अतिरत्तिm रूपमा प्रयोग गरएिको छ। अतिरत्तिm यस अर्थमा कि, फिल्मको कथ्य सिलसिलासँग गीतको कुनै साइनो छैन। कलाकारका रूपमा अभिनेत्री सुषमा कार्की स्टेजमा मज्जाले नाचेको देख्न सकिन्छ। केही पात्रहरू मदिराको मदहोस शैलीमा उनी वरपिर िघुमिरहन्छन्। कुनै डान्सबारको परदिृश्य पेस गर्छ यसले।
लुटको यही गीत र दृश्यका कारण अभिनेत्री कार्की 'आइटम गर्ल' कहलिइन्। गीतले त्यत्तिकै चर्चा पायो। त्यति मात्र होइन, यसले नेपाली फिल्मी परम्परामा अलिक सुस्ताउँदै गरेको आइटम गीत र नृत्यको चलनलाई फेर िएकपटक झकझक्याइदिएको छ।
प्रायः चलेका नायिकाहरूले यस्ता आइटम गीतमा नृत्य गरेका छन्। करश्िमा मानन्धर, रेखा थापा, रेजिना उप्रेती, ऋचा घिमिरे, विपना थापा र उषा पौडेल नेपाली सिनेमामा बढी आइटम डान्स गर्ने नायिका हुन्। धनसम्पत्तिबाट आइटम डान्स गर्न थालेकी रेजिना भन्छिन्, "निर्माता/ निर्देशक दर्शकले यही चाहन्छन् भनेर पनि फिल्ममा आइटम डान्स राख्छन्। हामी त कलाकार हो, भनेको मान्नैपर्यो।" निकट भविष्यमा सार्वजनिक हुने परेलीमा पनि उनको आइटम डान्स देख्न सकिने छ।
फिल्मी क्षेत्रमा आइटम डान्स भनिने यस्ता नृत्यमा सुन्दर युवतीलाई नचाएर दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रयास गरएिको हुन्छ। फिल्मकर्मीहरू आइटम डान्सलाई आइटम नम्बर पनि भन्छन्। आइटम डान्सलाई फिल्मको मसला मानिन्छ। खासगरी दर्शक तान्ने मसला। यसले फिल्मलाई रोचक र आकर्षक बनाउन मद्दत गर्छ।
नृत्य निर्देशक वसन्त श्रेष्ठका अनुसार देवीदेवताकै पालादेखि सुन्दरी नचाएर आनन्द लिने गरन्िथ्यो, जुन पछि आएर फिल्म क्षेत्रमा समेत प्रयोग भयो। "उर्वशी, मेनकालाई नचाएर देवताहरूले लिने आनन्द पनि आइटम डान्समै पर्छ, अहिले आएर हेर्दा। नामकरण मात्रै अहिले भएको हो," श्रेष्ठको जिकिर छ।
नेपाली सिनेमा क्षेत्रमा चाहिँ आइटम डान्स बलिउडबाट भित्रिएको हो। अभिनेत्री वैजयन्ती मालाले बलिउडमा पहिलोपटक यस्तो नृत्य गरेकी थिइन्। "नेपाली फिल्मका धेरै पक्षमा भारतीय प्रभाव झल्किएको छ। आइटम नम्बर पनि उतैबाट आएको हो," श्रेष्ठ भन्छन्, "आइटम नम्बर अहिलेको समयको माग हो।"
विसं '५० को दशकसँगै नेपालमा फिल्मको संख्या ह्वात्तै बढ्यो। यस क्रममा सारंगा श्रेष्ठ, सोनी गुरुङ, सीता गुरुङजस्ता नृत्यांगना पनि जन्मे, जसले आइटम डान्सकै कारण चर्चा कमाए। यी तीन जनाले नृत्यको क्षेत्रमा एकछत्र राज नै गरे, लगभग एक दशकसम्म। सारंगाले भोजपुरी, सीताले आधुनिक र सोनीले अर्धशास्त्रीय नृत्यमा आफ्नो परचिय बनाएका थिए।
त्यसको प्रभाव अरू नायिकामा पनि पर्न थाल्यो। तर, आइटम गर्ल नै भनेर भने कोही पनि चिनिएनन्, नेपाली फिल्मी क्षेत्रमा। "कलामा साधना नपुगेकाले यस्तो भएको हो," अहिले नृत्य प्रशिक्षक बनिसकेकी सोनी गुरुङ भन्छिन्, "अहिले लुटले फेर िआइटम डान्सलाई ब्यूँझाइदिएकामा खुसी लागेको छ।"
'३० को दशकमा भित्रिएको आइटम डान्सले यतिखेर फेसनकै रूप लिएको नृत्य निर्देशक राजु शाहको मूल्यांकन छ। फिल्ममा पुरुष दर्शकलाई लोभ्याउनका लागि महिला नर्तकीलाई ग्ल्यामरस शैलीमा नचाउने गरएिको उनको भनाइ छ। "यसको मुख्य काम भनेको फिल्मको प्रवर्द्धन नै हो," शाह भन्छन्।
फिल्ममा उत्तेजक पाराले युवतीलाई नचाउँदा दर्शकले ज्यादा रुचाउने गरेको अनुभव फिल्म निर्देशकहरूको छ। तर, यसले फेसनको रूप लिएपछिचाहिँ छाडापन बढेेजस्तो देखिएको उनीहरूको बुझाइ छ। "मीठो र कलात्मक तरकिाले प्रस्तुति दिँदा र सोझै भन्नुमा फरक हुन्छ," निर्देशक श्रेष्ठ भन्छन्, "नृत्य र गीतले सोझै केही पस्किँदा त्यसको कलात्मक पक्ष ओझेलमा पर्छ। यसलाई ख्याल गर्नुपर्छ।"
आइटम गीतमा अचेल त आगै बाल्ने दृश्य आउन थालेको तीनवटा फिल्ममा आइटम डान्स गरेकी नायिका रेखा थापा पनि स्वीकार्छिन्। भन्छिन्, "फिल्मको मसला भएपछि यो नराम्रो कुरा होइन, दर्शकले नै त्यस्तै खोज्छन् भने दिनैपर्यो।"
आइटम डान्सका रूपमा विपरीत लिंगीलाई उत्तेजित गर्ने किसिमका छोटा पहिरनमा युवतीलाई स्टेजमा उतारेर अंग प्रदर्शन नै गराउने होडबाजी नै छ, अहिले नेपाली फिल्ममा। त्यसैले पछिल्लो समय अंग प्रदर्शनलाई नै आइटम डान्सको रूपमा लिन थालिएकाले यसको कलात्मक पक्ष क्रमशः ओझेलमा पर्दै गएको ठहर छ, सोनी गुरुङको। भन्छिन्, "हिप देखाउँदैमा कसैले वाह भनिदियो भनेर त्यसैको पछाडि लाग्नु कलाको महत्त्व नबुझ्नु हो। फिल्मी कलाकारमा साधना गर्ने जाँगर छैन। जीउ देखाउँदैमा हिट भइन्छ भने किन मिहिनेत गर्ने भन्ने सोच छ, उनीहरूमा।" 'उध्रेको चोली...'मा समेत कलात्मकता नभएको सोनीको टिप्पणी छ। "जति कलात्मक तवरले दिनुपथ्र्यो, त्यस्तो देखिएन। खालि अंग प्रदर्शनलाई मात्रै बढी फोकस गरएिको छ," सोनीको समीक्षा छ।
फिल्म सुटिङ् र गीत सुटिङ्मा लाग्ने समयावधिको तुलानामा आइटम डान्सबाट बढी पारश्रिमिक पाइने कलाकारहरूको अनुभव छ। महिनौँ लगाएर फिल्मको सुटिङ् गर्दा पाइने पारश्रिमिक र दुई दिनमा सकिने आइटम डान्स गरेर पाइने पैसामा आइटम डान्सबाटै बढी फाइदा हुने नायिका रेजिना बताउँछिन्। भन्छिन्, "फिल्ममा अभिनय गरेर कमाइने पैसाभन्दा आइटम डान्स गरेर बढी कमाइन्छ। त्यसलै पनि आइटम डान्सका लागि कतिपय कलाकार तयार हुन्छन्।" दर्पण छायाँ, औजार, मेरो लभ स्टोरीमा पनि आइटम नृत्य देखाएकी नायिका सुषमा कार्कीको अनुभवमा पनि आइटम डान्सबाटै राम्रो आम्दानी हुने गरेको छ।
नेपाली सिने क्षेत्रमा पहिलोपटक आइटम डान्स गर्ने विमला श्रेष्ठले राष्ट्रिय नाचघरको जागिरबाट आफ्नो तलब प्रतिमहिना ६ सय रुपियाँ हुँदा मनको बाँधमा दुई घन्टा आइटम डान्स गरेर आठ हजार रुपियाँ पाएकी थिइन्। पछि अर्को फिल्म मायाप्रीतिले २० हजार रुपियाँ दिएको थियो। नृत्य निर्देशक राजु शाह पनि आइटम डान्स गर्ने कलाकारले अभिनयको तुलनामा रामै्र आम्दानी गर्ने गरेको बताउँछन्।
कतिपय नायक/नायिकाले आइटम डान्सकै कारणले एकसाथ नाम र दाम कमाएका छन्। जस्तो ः झन्डै एक दर्जन फिल्ममा अभिनय गरेर पनि जम्न नसकेकी नायिका कार्कीलाई चौथो आइटम डान्स 'उध्रेको चोली...'ले चर्चामा ल्याइदियो।
जे भए पनि आइटम डान्स फिल्म चलाउने एउटा सूत्रका रूपमा स्थापित हुँदै छ। ग्ल्यामर, नृत्य र गीतसंगीतसँग जोडिएको कामुकताको यो सूत्र फिल्मकर्मीका लागि कत्तिको फाप्ला, त्योचाहिँ भविष्यले नै देखाउने छ।
चर्चित पाँच आइटम डान्स
सुनचाँदीमा सारंगा श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले नाचेको 'एई संगीता...' बोलको गीत निकै चलेको थियो । नाइट बारमा छायांकन गरिएको यस प्रस्तुतिमा सारंगाको कामुक तर कलात्मक नाच हेर्न सकिन्छ ।
'हामीलाई पनि मायाले हेर पार्वती...’
यो गीत फिल्म अग्निपरीक्षाभन्दा बढी चल्यो । यसमा पनि सारंगा श्रेष्ठ र राजेन्द्र खड्गी नाचेका छन् । सूर्य बोहराले बनाएका हुन्, यो फिल्म ।
'सुन्दरीको मनमा बस्ने को होला... ’
'चुलबुले यो जवानी छ...’
नायिका ऋचा घिमिरेले आइटम डान्स गरेको यो गीत हिन्दी र नेेपाली शब्दमा छ । गुरुदक्षिणा फिल्मको मादक स्वरको यो गीतमा ऋचाले नाइट बारमा उत्तेजक नृत्य पस्केकी छन् ।
रेखा थापाको 'हट' दृश्य हेर्न पाइन्छ, यो गीतमा। आफ्नो मान्छे आफ्नै हुन्छ फिल्मको यो गीतमा रेखाले सर्पलाई आफ्नो शरीरमा बेरेको दृश्य निकै कामुक लाग्छ ।
पहिलो आइटम डान्सरको अनुभव
घरबाट भागीभागी नाच्नुपर्ने हुन्थ्यो। यस्ता कार्यक्रम भएको दिन त विमला घर नै फर्किंदैन थिइन् रे। "वरपिरकिा मान्छेले तथानाम गाली गर्थे। वेश्या आई भन्दै ढुंगा हिर्काउँथे," ती दिन सम्झँदा अहिले पनि उनका आँखाबाट बरर्र आँशु र्झछन्।
यति कडिकडाउ संस्कार र सामाजिक बन्धनमा हुर्किएकी विमलाले करबि १६/१७ वर्षको जवानीमा मनको बाँध फिल्ममा आइटम डान्स गर्ने निधो गरनि्। "मेरा बाआमाले थाहै पाएनन्," उनी भन्छिन्, "उहाँहरूले कुनै पनि फिल्म हेर्नुभएन।"
फिल्मको सबै छायांकन सकिएपछि क्यामराम्यान वैकुण्ठ मास्केले बारम्बार अनुरोध गरेपछि उनको वचन काट्न नसकेर उनी आइटम डान्सका लागि राजी भइन्, त्यो पनि सर्तसहित। उनको सर्त रहेछ, फिल्ममा दुइटा हात र अनुहार मात्रै देखिनुपर्छ।" सर्तमा सहमतिपछि उनले अतिथि कलाकारको रूपमा फिल्ममा आइटम डान्स गरनि्। शंकर होटलमा दुई घन्टामा सुटिङ् सकिएको उक्त डान्सको दृश्यमा विमला आफैँले जानेको मेकअप गरेर आफ्नो अनुहार अरूले सजिलै नचिन्ने बनाएकी छन्। "यति मात्रै देखाएर नाच्नु पनि निकै ठूलो कुरा थियो," विमला भन्छिन्, "शरीर हल्लाउनै नपाउने त्यो जमानामा अंग देखाएर नाच्न हामी सक्दैनथ्यौँ। तर, मैले आँटँ।"
मनको बाँधबाट आइटम डान्सको बाँध तोडेर नेपाली फिल्मकी पहिली आइटम नम्बर बनेकी विमलाले त्यसपछि भोजपुरी फिल्म मायाप्रीति र नेवारी फिल्म मजबुतमा आइटम डान्स गरनि्। त्यसपछि भने फिल्मी क्षेत्रमा यस्तो नृत्य गरनिन्। भन्छिन्, "इच्छै भएन, फिल्मी क्षेत्र मलाई सायद मन नपरेको हो कि !"
No comments:
Post a Comment