युवावस्थामा हृदयाघात - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Apr 4, 2012

demo-image

युवावस्थामा हृदयाघात

Responsive Ads Here

उपेन्द
.com/blogger_img_proxy/त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रका प्राध्यापक सौभाग्यजंग शाह, ४८, को पुस १ मा हृदयाघातबाट निधन भयो । शाहभन्दा एक साताअघि मात्र त्रिविकै इन्जिनियरङि् अध्ययन संस्थानका डीन बाबुराम भट्टराईको पनि मंसिर २४ गते हृदयाघातबाटै मृत्यु भयो । 

सक्रियताका हिसाबले युवावस्थामा रहेका शाह र भट्टराई हृदयाघातबाट निधन हुने प्रतिनिधि पात्र मात्र हुन् । चर्चित टेलिभिजन प्रस्तोता इन्द्र लोहनीको ०६५ माघ ३ गते ४१ वर्षको उमेरमा हृदयाघातबाट भएको निधनले अनियमित जीवनशैली भएका धेरै सहरी युवालाई झस्काएको थियो । स्वर्गीय धीरेन्द्र शाहका ज्वाइँ अविनेश शाह, दरबारकै सह-सचिव राघवबहादुर शाह, पूर्वफुटबल खेलाडी तथा तत्कालीन नेकोन एयरका अध्यक्ष अनुपशमशेर राणा, हवाई विभागका इन्जिनियर दिलीपशमशेर राणाको हृदयाघात पनि करअिर फक्रेको अवस्थामा नै भएको थियो । वाम साहित्यकार तथा सञ्चारकर्मी अग्निशिखा, नेपाल टेलिकमका दसौँ तहका अधिकृत यज्ञबहादुर थापादेखि लोहनी, शाह र भट्टराईसम्म आइपुग्दा हृदयाघातले मध्यम र निम्नमध्यम वर्गसम्मलाई पनि आफ्नो सिकार बनाउन थालिसकेको प्रमाणित हुन्छ । अझ, दर

.com/blogger_img_proxy/बारको सम्पूर्ण सुखसुविधामा हुर्केका पूर्वयुवराज पारसलाई भएको हृदयाघातले पनि कुलीन वर्गका युवाहरूको अनियमित जीवनशैलीलाई नै चुनौती दिएको थियो । "करअिर र समाजमा एउटा स्थान बनाइसकेकालाई मात्र होइन, समाजमा स्थान बनाइनसकेका युवाहरूमा पनि हृदयाघात बढेको छ," वरष्िठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला भन्छन् ।

चिकित्सकहरूका अनुसार, मुटुरोगले समाजमा आफ्नो स्थान बनाएका र प्रभावशाली व्यक्तिहरूलाई नै बढी आक्रमण गर्ने गरेको पाइन्छ । सुविधाजनक जीवनशैली र खानपानमा अनियमितताले कोलेस्ट्रोल, उच्च रक्तचापजस्ता हृदयाघातका कारणलाई जन्म दिने हुनाले त्यसो भएको चिकित्सकहरूको कथन छ । विलासिता र सुविधाका कारण शारीरकि श्रमका दृष्टिले निष्त्रिmय जीवनशैली पनि हृदयाघातको प्रमुख कारणका रूपमा देखिएको छ ।

.com/blogger_img_proxy/सहरीकरणसँगै फेरँिदो जीवनशैली मानव शरीरको दृष्टिले अस्वस्थकर हुँदै गइरहेको छ । दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरसिकेको छ । अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या ३५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ । १० वर्षअघिसम्म मात्रै मुटुरोगले आक्रमण गर्ने तल्लो उमेरविन्दु ५० वर्ष थियोे । वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार, दस वर्षयता मुटुरोग पाँच गुणाले बढेको छ । अझ, काठमाडौँ उपत्यकामा सन् '६० देखि '७० बीचको एक दशकमा लगभग १ सय ५० वटा मात्र हृदयाघातका बिरामी देखिएका थिए । अहिले काठमाडौँमा मात्र प्रतिवर्ष एक हजारभन्दा बढी घटना अस्पताल पुगेर हृदयाघात प्रमाणित हुने गर्छन्् ।

सहिद गंगालाल हृदय केन्द्रको तथ्यांकले सन् २००१ देखि सन् २००८ को अवधिमा हृदयाघातका रोगीहरू प्रतिवर्ष दोब्बरभन्दा धेरै संख्यामा बढिरहेको देखाउँछ । सन् २००१ मा उक्त अस्पतालमा जम्मा ६३ जना हृदयाघातका बिरामी आएका थिए भने सन् २००८ मा ९ सय २३ जना हृदयाघातका बिरामीले उक्त अस्पतालको सेवा लिएका थिए । त्यस अवधिमा त्यहाँ गएकाहरूमध्ये ५ दशमलव ९ प्रतिशत अर्थात् ५५ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । अस्पतालको हृदयरोग पुनःस्थापना तथा स्वास्थ्य प्रवर्द्धन विभागका प्रमुख डा दिवाकर शर्माका अनुसार, हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्छन् भने १० प्रतिशतलाई बचाउन सकिँदैन । लगभग ४० देखि ५० प्रतिशत बिरामी त पहिलो हृदयाघातमै जीवन गुमाउँछन् ।

हाल कुल मुटुरोगीमध्ये सहरमा ३५ र ग्रामीण क्षेत्रमा १५ प्रतिशत युवा पीडित रहेको अनुमान छ । वरष्िठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार, हाल देशको कुल जनसंख्याको झन्डै २० प्रतिशत अर्थात् ४५ लाख व्यक्ति मुटुरोगबाट पीडित रहेको अनुमान छ ।

४० वर्ष आसपासका बिरामीको सर्जरी नै गर्नुपरेका घटना पनि बढिरहेका छन् । गंगालाल हृदय केन्द्रमा २५ वर्षको उमेरका मुटुरोगीको पनि बाइपास सर्जरी गरएिको उदाहरण छ । उक्त अस्पतालमा आएका बिरामीमध्ये औसतमा ३७ वर्षदेखि ५० वर्ष उमेर समूहका ५० देखि ६० प्रतिशत छन् । ५० वर्षमाथिका ४० प्रतिशत मात्र बिरामी रहेको अस्पतालको मुटु शल्यक्रिया विभाग प्रमुख डा ज्योतिन्द्र शर्मा बताउँछन् । ३७-५० वर्ष उमेर समूहका बिरामीहरूमध्ये प्रायः धुम्रपान गर्नेहरू बढी छन् । त्यसपछि उच्च रक्तचाप, .com/blogger_img_proxy/मधुमेह र वंशानुगत बिरामी छन् । कोलेस्ट्रोलको मात्रा उच्च भएका बिरामी पनि धेरै छन् ।

मुटुरोग विशेषज्ञ डा भरत रावतका अनुसार, नर्भिक इन्टरनेसनल अस्पतालमा आउने बिरामीको कुल संख्यामा १० प्रतिशत मुटुरोगी हुन्छन् । ती मुटुरोगीमध्येे एक जनाको सर्जरी गर्नुपर्ने हुन्छ । उक्त अस्पतालमा सन् २००८ सम्ममा करबि तीन हजार मुटुरोगीको मुटु परीक्षण -कोरोनरी एन्जियोग्राफी) गरएिको छ भने अस्पतालमा आएर हृदयाघात भई निधन भएका करबि ७० घटना छन् । यस्तै, सो अस्पतालमा अहिलेसम्म करबि पाँच सयको बाइपास सर्जरी गरएिको छ ।


किन बढ्दैछ हृदयाघात ?

धुम्रपानः सहिद गंगालाल हृदय केन्द्रको बहिरंग विभाग -ओपीडी)मा नियमित परीक्षणमा आएका एक मुटुरोगीलाई चिकित्सक आइन्दा उनको परीक्षण नगर्ने चेतावनी दिँदै थिए । कारण थियो, उनले अझै चुरोट पिउन नछोड्नु । तत्काल चुरोट पिउन नछोडे उनको रोग नियन्त्रणबाहिर जाने चेतावनी चिकित्सकले दिइरहेका थिए । वरष्िठ मुटुरोग विशेषज्ञ डा कोइरालाका अनुसार हृदयाघातबाट जीवन गुमाउने अधिकांश युवा चुरोट र सुर्तिजन्य पदार्थको सेवन गर्थे भने केही उच्च कोलेस्ट्रोलको समस्याबाट ग्रस्त थिए । अर्थात्, चुरोट र सुर्तिजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदैछ । १८ वर्ष उमेर पार नहुँदै चुरोट सेवन गर्ने क्रम पछिल्लो समयमा ह्वात्तै बढेको पनि सर्वेक्षणहरूको संकेत छ ।

चिकित्सकहरूका अनुसार, चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरँिदै जान्छ र समयक्रमसँगै मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुन्छ । निकोटिनले शरीरभित्र अनेक खालका विकारहरू पनि उत्पन्न गराउँछ । जस्तो, नसा खुम्चिने, सुन्निने र नसाको भित्री भागमा चोट पुग्ने । त्यसरी चोट लागेको ठाउँमा 'प्लाक' -थेग्रो) नामको कोलेस्ट्रोलयुक्त पदार्थ थुपि्रँदै जान्छ । थेग्रो बढ्दै जान्छ र जमेकै ठाउँमा फुटिदिन्छ । त्यसबाट थप 'प्लाक' जम्मा हुन्छ । जब नसा शतप्रतिशत बन्द हुन्छ, त्यसपछि रगत पुग्न नसकेको मुटुको मांसपेशी मर्छ ।

मुटुरोग विशेषज्ञ दिवाकर शर्माका अनुसार, धेरै अध्ययनहरूले चुरोट र सुर्तिजन्य पदार्थ हृदयाघातको एक प्रमुख कारण भएको देखाइसकेका छन् । नेपालमा मात्र लगभग ४० देखि ५० प्रतिशत वयस्क जनसंख्या धुम्रपानको कुलतमा छ । "सहरी युवामा बढ्दो हृदयाघातको मुख्य कारण पनि त्यही हो," डा रेग्मीका अनुसार हृदयाघातको ३० देखि ४० प्रतिशत कारण धुम्रपान नै हो । धुम्रपानले क्यान्सर लाग्छ भन्ने धेरैलाई थाहा छ तर हृदयाघात हुन्छ भन्ने कुरा कमलाई मात्र थाहा छ । चुरोटको धूवाँ र सुर्तिजन्य पदार्थमा पाइने निकोटिन, कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड र टारलगायतका हानिकारक तत्त्वहरूले मुटुरोग गराउने हुन् ।

उच्च रक्तचापः धुम्रपानपछि हृदयाघातको अर्को प्रमुख कारण उच्च रक्तचाप हो । समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले रक्तचापकै कारण हृदयाघातको सामना गर्नु पररिहेको छ । उच्च रक्तचापले रक्तनलीमा दबाब बढाउँदा त्यो कमजोर हुन्छ र 'थेग्रो' जम्मा गराउन मद्दत पुर्‍याउँछ । त्यो प्रक्रिया एक्कासि नभएर विस्तारै हुँदै जान्छ । चिकित्सकहरूका अनुसार, उच्च रक्तचापको समस्या नेपालको वयस्क जनसंख्यामध्ये सहरमा -१८ वर्षमाथिलाई) ३० देखि ३५ प्रतिशतमा छ । गाउँघरमा उच्च रक्तचाप १८ प्रतिशतजति छ । सामान्यतया स्वस्थ व्यक्तिको रक्तचाप ८० र १ सय २० को बीचमा रहनुपर्छ । त्यसभन्दा बढीको अवस्थालाई उच्च रक्तचापको अवस्था भनिन्छ । शरीरमा नुनको मात्रा बढी हुँदा, मानसिक तनाव बढ्दा, शरीरमा कोस्ट्रोलको मात्रा धेरै हुँदा उच्च रक्तचापको समस्या उत्पन्न हुन्छ । उच्च रक्तचापका अरू धेरै कारण पनि छन् । ती सबै कारणबारे अझै पनि चिकित्सा विज्ञानले समेत थाहा नपाएको चिकित्सकहरू बताउँछन् ।

उच्च रक्तचाप नियन्त्रणमा राख्न आहारविहार र जीवनशैलीमा परविर्तन आवश्यक हुन्छ । नियमित व्यायाम, सन्तुलित भोजन र नियमित दिनचर्या उच्च रक्तचाप नियन्त्रणका उपाय हुन् । त्यसबाहेक सोडियम क्लोराइड -नुन)को सेवनमा नियन्त्रण र नियमित औषधि सेवनले पनि उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

कोलेस्ट्रोलः रगतमा कोलेस्ट्रोल भन्ने बोसोयुक्त पदार्थ हुन्छ । कोलेस्ट्रोल असल र खराब दुई किसिमको हुन्छ । शरीरमा ती दुई किसिमको मात्रा पनि निश्चित विन्दुभन्दा धेरै हुनु हुँदैन । एचडीएल नामको असल कोलेस्ट्रोल २ सय २० एकाइ -एमजी पर डीएल)सम्मलाई सामान्य मानिन्छ । एलडीएल नामको खराब कोलेस्ट्रोलचाहिँ १ सय ३० एकाइभन्दा तलै हुनुपर्छ । ती दुवैको मात्रा बढी हुँदा नसामा थेग्रो जम्छ र सामान्य रक्तसञ्चार प्रणालीमा गडबडी हुन्छ । मुटुका रक्तनलीमा त्यस्तो थेग्रो जम्न जाँदा हृदयाघात हुन्छ । कोलेस्ट्रोल व्यवस्थापन गर्ने एउटा तरकिा खाना नै हो । बोसो, चिल्लोयुक्त खानेकुरा, मासु कम खाने र सागसब्जी, फलफूल र चिल्लो नभएको खानामा जोड दिने हो भने कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिन्छ । नियमित व्यायाम पनि कोलेस्ट्रोल घटाउने एउटा उपाय हो ।

मासु, चिल्लो, बोसोयुक्त खानेकुरा र फास्टफुड मुटुका लागि खतरनाक खाद्यवस्तु मानिन्छन् । मःम, आलु चिप्स, पिज्जा, चिल्लोमा तारेको खाद्यपदार्थ, तारेको मासु, बिस्कुट, चाउचाउलगायतका फास्टफुड मुटुरोगका मूल कारक नै मानिन्छन् । फास्टफुडमध्ये आलुचिप्समा 'ट्रान्स फ्याट' नामको मुटुका लागि अत्यन्त हानिकारक चिल्लो पदार्थ हुन्छ । धेरैपटक तताएको तेलमा आलु चिप्स बनाइएको हुन्छ । वरष्िठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीका अनुसार, घिउ र नौनीमा पाइने बोसो -सेचुरेटेड फ्याट) भन्दा पनि हानिकारक हुन्छ, यो । धेरैपटक तताएको तेल र वनस्पति घिउमा यस्तो बोसो पाइन्छ । अझ, तेलमा शतप्रतिशत रगतलाई बाक्लो बनाउने बोसो -ट्राइग्लाइसिराइड) हुन्छ । रगत बाक्लो हुँदा रक्तसञ्चारमा गडबडी मात्रै हुँदैन, रक्तचाप पनि बढ्छ ।

मधुमेहः हृदयाघातको अर्को कारण मधुमेह पनि हो । शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो । मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ । नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ । नेपालको वयस्क जनसंख्याको १० प्रतिशतमा मधुमेहको समस्या रहेको अनुमान छ । गाउँघरमा मधुमेह वयस्क जनसंख्याको पाँच प्रतिशतलाई छ ।

कार्बोहाइड्रेड अर्थात् भात, आलु, गुलियो पदार्थ आदिमा पाइने तत्त्व बढ्दा मधुमेह रोगको अवस्था आउँछ । नियमित व्यायाम र कार्बोहाइड्रेडयुक्त भोजनमा कटौती गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

तनावः कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण हो । तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न हुन्छन् । ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ । फलस्वरूप थेग्रो जम्न जान्छ । त्यति मात्रै नभई तनावले रक्तचाप र मुटुको चाल बढाउन मद्दत पुर्‍याउँछ । जसले अन्त्यमा हृदयाघातसम्म गराउँछ । प्रतिस्पर्धात्मक दिनचर्या, बढ्दो आवश्यकतालगायतका कारणले सहरी जनजीवनमा तनाव बढ्दै गइरहेको छ । सहरी युवाको तनावपूर्ण जीवनशैली पनि हृदयाघातको अर्को मुख्य कारणका रूपमा विकास भइरहेको छ ।

तनावबाट मुक्त हुने कुनै ठोस उपायचाहिँ चिकित्सकहरूसँग पनि छैन । उनीहरू तनाव पैदा हुने खालका क्रियाकलाप नगर्न मात्रै सुझाव दिन्छन् । वास्तवमा आजको समयमा बढ्दो प्रतिस्पर्धा र धपेडीयुक्त दिनचर्यालाई चाहेर पनि नियन्त्रण गर्न नसकिने अवस्थाले पनि मुटुरोग र हृदयाघातलाई मलजल गररिहेको छ ।

शारीरिक श्रममा कमीः हृदयाघातको अर्को कारण शारीरकि श्रममा कमी हो । व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा नै हृदयाघातको अवस्था तयार हुन्छ । उच्च क्यालोरी -शक्ति) भएको खानपान र उपभोग गरएिको क्यालोरी खर्च नहुँदा रगतमा कोलेस्ट्रोलका विभिन्न किसिमदेखि चिनीसम्मको मात्रा बढ्न जान्छ । फलस्वरूप उच्च रक्तचाप र मधुमेहको समस्या उत्पन्न हुन्छ । चिकित्सकहरू वयस्कहरूलाई दैनिक ४५ मिनेटदेखि एक घन्टासम्मको छिटो-छिटो हिँडाइको सुझाव दिन्छन् । अर्थात्, दैनिक करबि पाँच/छ किलोमिटरको हिँडाइले शरीरलाई हृदयरोगबाट टाढा राख्न मद्दत पुर्‍याउने उनीहरूको सिफारसि छ । नियमित योगले पनि शरीरलाई स्वस्थ बनाउने उनीहरूको सल्लाह छ । तर, दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलाप सबैभन्दा राम्रो हुने डा दिवाकर शर्मा बताउँछन् ।

मोटोपनाः नियमित व्यायामको अभाव अर्थात् शारीरकि रूपमा निष्त्रिmय जीवनशैली नै हो, मोटोपनाको कारण । मोटोपना भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो । त्यस्तो बोसो शरीरका सबै भागलगायत नसाहरूमा पनि हुन्छ । नसामा बोसो जम्दा रक्तप्रवाहमा अवरोध उत्पन्न हुन गई उच्च रक्तचापको समस्या आउँछ । अतिरत्तिm बोसो हुनु भनेको कोलेस्ट्रोलका सबै प्रकारहरूको मात्रा पनि बढी हुनु हो । मोटोपन विशेष गरी कार्बोहाइड्रेडयुक्त भोजनको अधिक उपभोगले गर्दा हुने भएकाले रगतमा पनि चिनीको मात्रा सामान्यभन्दा बढी हुन जान्छ । यी सबै कारणले हृदयाघातलाई मद्दत पुर्‍याउँछ ।

शरीरको उचाइ अनुसारको तौल हुनुपर्ने सल्लाह छ, चिकित्सकहरूको । जसको मापदण्ड मान्छेको उचाइको कुल सेन्टिमिटरमा १ सय ५ या १ सय १० घटाएर आफ्नो शरीरलाई चाहिने तौल निकाल्न सकिन्छ । अझ, पेटमा बोसो जमेर भुँडी बढ्ने कुरालाई चिकित्सकहरूले खतरनाक अवस्थाको रूपमा चित्रित गर्ने गरेका छन् । त्यस्तो मान्छेमा मधुमेह र त्यसपछि हृदयाघातको सम्भावना अत्यधिक हुन्छ । पेटमा लाग्ने बोसो हृदयाघातको सहयोगी भएको अध्ययनबाटै प्रमाणित भएको वरष्िठ मुटुरोग विशेषज्ञ रेग्मी बताउँछन् । पेटमा लाग्ने बोसोले मधुमेहकोे पनि सम्भावना ज्यादा हुन्छ । पुरुषको ३५ इन्च र महिलाको ३० इन्चभन्दा बढी गोलाइको पेट नराम्रो हुने शरीर वैज्ञानिक सलील युसुफले सिफारसि गरेका छन् । पहिले उचाइ अनुसारको तौल भन्ने गरन्िथ्यो, मुटुरोगमा । दक्षिण र दक्षिणपूर्वी एसियामा अहिले पेटको साइजलाई जोड दिएका छन्, युसुफले ।

वंशानुगतः हृदयाघातको वंशानुगत कारण भने चिकित्साविज्ञानलाई चुनौती बन्दै आएको छ । हृदयाघातको ९० प्रतिशत कारकतत्त्व जीवनशैली नै हो र त्यसलाई नियन्त्रणमा पनि राख्न सकिन्छ । डा रेग्मीका अनुसार, वंशानुगतलगायतका १० प्रतिशत कारकतत्त्व मात्र चिकित्साविज्ञानको नियन्त्रणबाहिर छन् । हृदयाघातको समस्या पाको उमेरबाट जवान उमेरमा सर्दै जानु यिनै कारकतत्त्वहरूलाई नियन्त्रणमा राख्न नसक्दा हो ।

 छैन नीति 

नेपालमा मुटुरोगको दर उच्चगतिमा बढ्दै गर्दा रोकथामको प्रयास भने त्यस गतिमा हुनसकेको छैन । अहिलेसम्म नेपालको स्वास्थ्य नीतिमा मुटुलाई समावेश गरएिको छैन । करबि एक दशकदेखि यस क्षेत्रका चिकित्सकले नीति निर्माणका लागि घच्घच्याउँदै आएका पनि हुन् । त्यही दबाबको फलस्वरूप नसर्ने रोगसम्बन्धी एउटा समिति -नन कम्युनिकेवल डिजिज कमिटी) पनि बनेको छ । तर, नीति भने अझै आएको छैन । सरकारले अझै नीति बनाउनेतर्फ ध्यानै नदिएको चिकित्सकहरूको गुनासो छ ।

सुर्ती नियन्त्रणको नीति आयो भने त्यसलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ । जहाँ पायो त्यहीँ धुम्रपान गर्न नपाउने नीति आयो र त्यसको कार्यान्वयन भयो भने त त्यसबाट हुने रोगहरू पनि नियन्त्रणमा आउने सम्भावना बढ्छ । वरष्िठ मुटुरोग विशेषज्ञ रेग्मीका अनुसार, रेस्टुराँहरूलाई तयारी खानेकुरामा कति मात्रामा चिल्लो राख्न पाइने, कति मात्रामा नपाइने, ट्रान्स फ्याटको मात्रा कति हुनुपर्ने भन्ने मापदण्ड भयो भने अस्वस्थ बजार आफैँ नियन्त्रणमा आउँछ । कतिपय देशमा बंगुर, बँदेल, खसीलगायतको मासु महँगो र माछा अति सस्तोमा बिक्री-वितरणको नीति छ । जसले माछाको खपत पनि बढाएको छ र माछाले मुटुरोगलाई फाइदा गर्ने चिकित्सकहरूको भनाइ छ । "मुटुरोगका लागि विशेष नीति आउनुपर्‍यो र रोकथामका लागि विशेष कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्‍यो," रेग्मी भन्छन् ।

अझ, गाउँ तहदेखि नै रोकथामको प्रयास थाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ । प्रत्येक उपस्वास्थ्यचौकीदेखि नै आफ्नो क्षेत्रका रक्तचाप, मधुमेह, चुरोट पिउने, मोटोपना भएको र व्यायाम नगर्ने जनसंख्याको अनुगमन सुरु गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ । निम्न माध्यमिक तहको पाठ्यपुस्तकदेखि नै मुटुरोगका बारेमा जनचेतना जगाउने प्रकारमा सामग्रीहरू राख्ने र हरेक तहमा जीवन पद्धतिका बारेमा शिक्षा दिँदा स्वास्थ्य चेतनामा वृद्धि हुनेे चिकित्सकहरूको सुझाव छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका र बजारका होर्डिङ् बोर्डहरूमा समेत तेल खायो भने मुटु बलियो हुने विज्ञापन प्रसारण रोक्न सक्ने नीतिसमेत नभएकामा उनीहरू दुःख व्यक्त गर्छन् ।

नेपालमा ८० जनाजति मुटुरोग विशेषज्ञ छन्, जसमा ९० प्रतिशत काठमाडौँमा कार्यरत छन् । उपचार सुविधा पनि काठमाडौँमै केन्दि्रत छ । एउटा रमाइलो पक्षचाहिँ के छ भने नेपालीहरूको कुल जनसंख्यामा शारीरकि श्रम गर्ने प्रवृत्ति अहिले पनि बढी छ । तर, त्यो अभाव ग्रामीण जीवनशैलीका कारणले हो । आर्थिक समृद्धितर्फ बढिरहेको जनसंख्यामा त्यस्तो प्रवृत्ति हराउँदै गएको छ । मोटामोटी अनुमान अनुसार, कुल जनसंख्याको ६० देखि ७० प्रतिशतले कुनै न कुनै प्रकारको शारीरकि श्रम गर्छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा सन् २००८ मा गरएिको जनसंख्या सर्वेक्षणले कुल जनसंख्याको लगभग छ प्रतिशतले मात्र सागसब्जी, फलफूल खाने देखाएको छ । यस नतिजाले पनि मुटुरोगको भयावह खतरातर्फ संकेत गर्छ ।

हालैका दुई घटना अर्थात् प्राध्यापक शाह र डीन भट्टराईको निधनले करअिरको एउटा उचाइमा पुगेकाहरूमा बढ्दो हृदयाघातको सत्यलाई फेर िएकपटक सम्झाउने काम गरेको छ । ठूलो लगानी र संघर्षबाट करअिरको मध्यविन्दुमा पुग्दानपुग्दै यसरी ज्यान गुमाउनेहरूको संख्या बढ्दै जाने हो भने देशले खारएिको जनशक्तिकै अभाव महसुस गर्ने अवस्था नआउला भन्न सकिन्न । ध

-मोडलिङ्मा आधारित आवरण तस्बिर ः शैलेन्द्र खरेल)

हृदयाघातका लक्षण

 छातीको मध्यभागमा देब्रेतिर गह्रौँ चीजले थिचेजस्तो असह्य पीडा हुनु ।

 पेटको माथिल्लो भाग, पिठ्यूँ, देबे्र काँधमा पीडा हुनु ।

श्वासप्रश्वासमा समस्या आउनु, पसिना आउनु, वाक्वाकी लाग्नु ।

उपचार विधि

 हृदयाघातको शंका लाग्नेबित्तिकै अस्पताल पुर्‍याइहाल्नुपर्छ ।

 बिरामीलाई हिँडडुल गर्न दिनुहुँदैन ।

 आकस्मिक कक्षमा एस्पिरिन भन्ने औषधि दिनुपर्छ ।

    सिुरुमा ल्याब टेस्ट, ईसीजी र टीएमटी गरिन्छ ।

 ‌ओषधि, जीवनशैली परिवर्तनको सुझाव दिइन्छ ।

    एउटा या दुईवटामा ब्लकेजमा एन्जियोप्लास्टी गरिन्छ ।

    मिल्टिपल ब्लकेज भएमा सीईबीजी

-बाइपास सर्जरी) गरिन्छ ।


पूर्वमा पनि अवस्था बिगँरदो

मानिसमा हृदयरोग लाग्ने उमेर ४५ वर्षबाट घटेर ३५ वर्षमा झरेको तथ्य पत्यार नलाग्न सक्छ । तर, नयाँ अनुसन्धान र सर्वेक्षणले ३५ वर्षको उमेरमै हृदयरोग लाग्न थालेको तथ्य सार्वजनिक हुनु युवाहरूको मुटु कमजोर हुँदै गएको संकेत हो । पछिल्लो एक दशकयता ४० वर्ष उमेर नकटेका युवाहरूमा पनि हृदय रोगको समस्या देखिनुलाई चिकित्सकहरूले ठूलै संकटका रूपमा हेरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हृदयरोग विशेषज्ञ तथा इन्टर्नल मेडिसिन विभाग प्रमुख डा प्रह्लाद कार्की भन्छन्, "हृदयरोगीको संख्या दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको छ ।" सन् २००८ मा प्रतिष्ठानमा हृदयरोगको उपचार गर्न आएकामध्ये १७ प्रतिशत ५० वर्षमुनिका थिए । ३५ देखि ४० वर्ष उमेरमा हृदयरोग भएका युवाहरूको प्रतिशत तथ्यांकमा कमै देखिए पनि सन्तोष मान्ने अवस्था भने नरहेको डा कार्की बताउँछन् । रोग लागेको चार-पाँच वर्षसम्म त यादै नगरी बस्ने चलन छ । सहनै नसक्ने गरी पीडा हुन थालेपछि मात्र अस्पतालमा उपचार गर्न आउने परपिाटीलाई आधार मान्ने हो भने युवा अवस्थामै हृदयरोग हुनेहरूको संख्या समाजमा कम छैन । हृदयरोगीहरूको संख्या दिनदिनै बढेकाले प्र्रतिष्ठानमा हुने उपचारमध्ये मुटुरोगको उपचारलाई विशेष दक्षतामा लैजाने तयारी गररिहेको डा कार्की बताउँछन् । हाल प्रतिष्ठानमा मुटुको शल्यक्रियाबाहेकका अन्य उपचार सुविधा उपलब्ध छन् ।

हालै मात्र प्रतिष्ठानको केएचडीसी

-किड्नी, हाइपर टेन्सन, मधुमेह र कार्डियाक) विभागले पूर्वाञ्चलका २० वर्षमाथिका ३० हजार जनामा गरेको स्वास्थ्य परीक्षण प्रतिवेदन अनुसार, ४७ प्रतिशतमा शारीरकि कसरत नगर्ने, २३ प्रतिशतमा नियमित धुम्रपान गर्ने, २२ प्रतिशतमा उच्च रक्तचाप, आठ प्रतिशतमा मधुमेह देखिएको थियो । त्यस्तै, पाँच प्रतिशतमा पिसाबबाट एल्बुमिन जाने र पाँच प्रतिशतमा मोटोपन पाइएको छ । प्रतिष्ठानका मिर्गौला रोग विशेषज्ञसमेत रहेका मेडिसिन विभागका डा सञ्जीव शर्माका अनुसार, प्रतिष्ठानबाहिरको तथ्यलाई विश्लेषण गर्दा १३.६ प्रतिशतलाई हृदयाघातको जोखिम देखिन्छ । सन् २००६ मा प्रतिष्ठानका चिकित्सक डा प्रमोद आचार्यको अध्ययन अनुसार, एक सय जनामा १८ जना मुटुरोगी ५० वर्षमुनिका थिए ।

केएचडीसीले धरानका चार दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत आठ हजारभन्दा बढी विद्यार्थीमा हालै गरेको परीक्षण अनुसार १३ देखि १६ वर्षभित्रका ११ प्रतिशतमा अत्यधिक मोटोपन पाइएको छ । डा शर्मा भन्छन्, "स्वास्थ्य परीक्षण र सर्वेको तथ्यांकको विश्लेषण गर्दा अबका किशोर-किशोरीहरू नै केही वर्षमा युवा अवस्थामा प्रवेश गर्ने हुन् । उनीहरूमा मुटुरोग लाग्नसक्ने खतरा प्रशस्तै छ ।"

प्रतिष्ठानका चिकित्सकहरूका अनुसार, दैनिक छिटोछिटो दौडिने बानीले हृदयाघातको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सकिन्छ ।

प्रदीप मेयाङ्बो/धरान

महिलाहरूमा कम हृदयाघात
चिकित्सकहरूका अनुसार, पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । महिला शरीरमा मात्र पाइने 'फिमेल हार्मोन'ले हृदयाघातको खतरा कम गर्छ । महिनाबारी हुँदासम्म महिलाहरूमा उत्पन्न हुने त्यस हार्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने डा दिवाकर शर्मा बताउँछन् । तर, महिनाबारी रोकिएपछि भनेे हृदयाघातको सम्भावना बढेर जान्छ । सहिद गंगालाल हृदय केन्द्रकै तथ्यांकलाई आधार मान्दा पनि सन् २००८ मा उक्त अस्पतालमा आएका ९ सय २३ जना हृदयाघातका बिरामीमध्ये २ सय ३९ जना मात्र महिला थिए । तीमध्ये ९० प्रतिशतभन्दा बढी महिनाबारी रोकिएका भएको अस्पताल स्रोत बताउँछ ।

महिनाबारी नरोकिएका महिलाहरूमा हृदयाघातको प्रमुख कारण परविार नियोजनको उद्देश्यले खाने औषधि -ओरल कन्ट्रासेप्टिक पिल्स) रहेको चिकित्सकहरू बताउँछन् । अनुसन्धान अनुसार, नेपालमा ७० प्रतिशत मुटुरोगी पुरुष छन्, ३० प्रतिशत मात्र महिला ।

के खाने, के खाँदैछौँ ?

सुशीला नेपाली शर्मा

सामान्यतया मानिसको खाना उच्च फाइबरयुक्त हो । बजारमा पाइने तयारी खाद्य पदार्थमा फाइबरको मात्रा कम हुन्छ । अझ, तिनमा 'पि्रजर्भेटिभ' पदार्थ हालेको हुन्छ । खानालाई लामो समय सुरक्षित राख्ने रसायनलाई 'पि्रजर्भेटिभ' भनिन्छ । तयारी खाद्यपदार्थहरू मैदाबाट बनाइएका हुन्छन् र मैदामा फाइबरको मात्रा कम हुन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डले मुटुरोग लाग्न नदिन दैनिक ४० ग्राम फाइबरयुक्त खाना खानुपर्ने सिफारसि गरेको छ । सबैभन्दा बढी फाइबर भएका अन्नहरूमा कोदो र फापर पर्छन् । दुवै अन्नको प्रयोग अत्यन्तैै कम छ । ब्रान्डेड चामल -बाहिरको लियरयुक्त चामल)मा फाइबर पाइन्छ । बजारमा पाइने सामान्य चामलमा भने फाइबर फालिएको हुन्छ । चामलको बाहिरको पत्रमा भिटामिन 'बी' कम्प्लेक्स असाध्यै धेरै हुन्छ । शरीरको प्रतिरोधात्मक क्षमता -इम्युनिटी)का लागि भिटामिन 'बी' कम्प्लेक्स अति जरुरी छ । ब्रान्डेड चामल नखाने कतिपयले गहुँको रोटी पनि खान्छन्, जुन फाइबरयुक्त हुन्छ ।

कमजोर आर्थिक अवस्था भएको परविार फाइबरयुक्त खाना खान्छन् । उनीहरू तेल पनि कम खान्छन् । र, जो आफूलाई माथिल्लो आर्थिक अवस्थाका रूपमा चित्रित गर्छन्, अत्यधिक चिल्लोयुक्त र फाइबररहित खाना खान्छन् । सामान्यतः चिल्लो पनि दुई प्रकारका हुन्छन्, देखिने र नदेखिने । सबै किसिमको खानामा बोसो हुन्छ । रायो, तोरी, तिल, आलस, माछा, मासु, अन्डा, दूधमा देखिने बोसो हुन्छ । खानाका परकिारहरूमा देखिने चिल्लो २० देखि ३० ग्रामसम्म मिसाउनुपर्छ । शारीरकि श्रम र उमेरका आधारमा पनि यसको निर्धारण गरन्िछ । पुरुष र महिलालाई चाहिने चिल्लोको मात्रा अलग-अलग हुन्छ । शारीरकि अवस्थाले पुरुषहरूलाई चिल्लोको मात्रा बढी चाहिन्छ । यस्तै, तातो मौसममा बस्नेहरूलाई कम क्यालोरी -शक्ति) र चिसो मौसममा बढी क्यालोरी चाहिन्छ । उमेर अनुसार, १९ वर्षको मान्छे र ४०/५० नाघेको मान्छेमा पनि क्यालोरीको मात्रामा फरक पर्न जान्छ । १९ देखि ३९ वर्षसम्म एउटै अनुपातमा क्यालोरी आवश्यक हुन्छ र ४० वर्ष नाघेपछि एक दशकसम्म १० प्रतिशतको दरले घटाउनुपर्छ भन्ने मान्यता छ । किनभने, शरीरमा क्यालोरी बढ्नेबित्तिकै तौल बढ्न जान्छ । त्यसैले, नियमित शारीरकि अभ्यास अनिवार्य हुन्छ ।

एउटा वयस्क मान्छेलाई सागपात दैनिक एक सय ग्राम भए पुग्छ । क्याल्सियम, आइरन, भिटामिन 'सी' र फाइबर सागपातमा पाइन्छ । सागपात बढीमा १ सय २५ ग्रामसम्म भए वयस्क मान्छेलाई पुग्छ । महिलाहरूलाई आइरन बढी चाहिने हुनाले पुरुषलाई भन्दा अलि बढी सागपात चाहिन्छ ।

दैनिक आठ घन्टा काम गर्ने वयस्क महिलाहरूलाई तीन सय ग्राम अन्न भए पुग्छ । वयस्क पुरुषलाई चार सय ग्राम अन्न चाहिन्छ । माछा-मासु दैनिक ३० देखि ५० ग्रामसम्म खानु राम्रो हुन्छ । माछा-मासुमा प्रोटिन बढी हुन्छ ।

कुन कारणबाट रक्तचाप भएको भन्ने पहिचान भएपछि कस्तो खानाबाट नियन्त्रणमा राख्न सकिन्छ भन्ने यकिन हुन्छ । जस्तो मोटोपना भएको मान्छेलाई वजन घटाउने सोडियमरहित खाना चाहिन्छ । मोटोपना भएको मान्छेलाई सोडियमरहित खाना बनाउन सागपात, माछामासु उमालेर पानी फालिदिनु पर्छ । तनावमा काम गरेको छ भने तनाव कम गर्नुको विकल्प नै छैन, खानाबाट नियन्त्रण सम्भव छैन ।

रगतमा बोसोको मात्रा र कोलेस्ट्रोल घटाउन या बढ्न नदिने कुरा पनि जीवनशैलीसँगै जोडिन्छ । प्रोटिन, क्यालोरी, कोलेस्ट्रोल धेरै भएको खानाले यस्ता तत्त्वलाई बढाउन मद्दत गर्छ । खानामा चामल, दाल, तेल, नुनलगायतको मात्रा छुट्याउनुपर्छ । एकचोटि पस्िकने र त्यतिमै सन्तुष्ट हुने बानीको विकास गर्नुपर्छ । आफ्नो परविार र बजेट हेरेर कति क्यालोरी चाहिन्छ भन्ने हिसाब निकाल्नुपर्छ । जस्तो, राइस कुकरको एक सय एमएलको कपमा राखिने चामलमा ६८ ग्राम क्यालोरी पाइन्छ । खाजा या चियामा चिनी कम नै खानुपर्छ, जसले रगतमा ग्लुकोजकोे मात्रा सन्तुलन गर्न मद्दत गर्छ । तरकारी पकाउँदा एक जनाको भागमा पाँच मिलिलिटर तेल पर्ने गरी तेल भुटुनका रूपमा हाल्नु उपयुक्त हुन्छ । छाकबीचको अन्तर तीनदेखि चार घन्टा हुनुपर्छ । त्यति हुँदा पहिलो खाना पाचन प्रणालीमा गइसकेको हुन्छ र पेटमा आउने हाइड्रोक्लोरडि ग्यासका कारण हामीलाई भोक लाग्छ । त्यसरी खाँदा पाचन प्रणालीलाई पनि सहज हुन्छ । बिहानको खाजामा कोर्बोहाइड्रेडयुक्त भए फरक पर्दैन । त्यसपछिको खानामा सबैको मात्रा मिलेको हुनुपर्छ । साँझको खाना बिहानको भन्दा थोरै कम हुनुपर्छ । साँझको खाना खाइसकेपछि दुई घन्टा सुत्नु हुँदैन । खानासाथ सुत्ने बानीले तौल बढाउँछ ।

विश्व स्वास्थ्य संगठनले मुटुका लागि भनेर एउटा मापदण्ड पनि बनाइदिएको छ, जसलाई आरडीए भनिन्छ । मुटुरोगीले कुल क्यालोरीको ५० देखि ६० सम्म मात्र कार्बोहाइड्रेडबाट प्राप्त गर्नुपर्छ । अल्कोहलको सेवन पनि मुटुरोगीका लागि खतरनाक नै हो । किनभने, अल्कोहलिक पेय पदार्थबाट पनि क्यालोरी प्राप्त हुन्छ शरीरलाई । त्यसले फेर िभिटामिन 'बी' लिन दिँदैन । त्यसले शरीरमा बोसोको मात्रा बढाउन मद्दत पुर्‍याउँछ । भिटामिन 'बी' र 'सी' शरीरका लागि चाहिने इम्युनिटी पावर हुन् ।

-डाइटीसियन शर्मासँग कुराकानीमा आधारित)

हृदयाघात र रक्सी

अहिले समाजमा स-साना अवसरहरूमा पनि भोजभतेर गर्ने र त्यसमा अत्यधिक अल्कोहल -रक्सी वा मदिरा) खपत हुने प्रवृत्ति बढ्दो छ । तर, चिकित्सकहरू भने थोरै मात्रामा लिइने अल्कोहलले हृदयाघातलाई कम गर्ने दाबी गर्छन् । अध्ययनबाटै यो तथ्य प्रमाणित भएको बताउने एक वरष्िठ मुटुरोग विशेषज्ञ भन्छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *