विश्वका मानिसमा नपुंसकता बढ्दै, ५० वर्षपछि बाबु बन्न नसकिने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 22, 2012

विश्वका मानिसमा नपुंसकता बढ्दै, ५० वर्षपछि बाबु बन्न नसकिने

एजेन्सीको सहयोगमा अहिले विश्वभरका मानिसमा नपुंसकता हुने सम्भावना दिनप्रति दिन बढ्दै गएको एक अध्ययनले देखाएको छ । हरेक बखत काममा व्यस्त हुने कारणले मानिसको शुक्रकिट उत्पादनमा कमि हुँदै गएको देखिएको हो ।

एक अध्ययनका अनुसार विश्वभर नोकरी गर्ने मानिसमा हरेक वर्ष शुक्रकिट उत्पादनमा २ प्रतिशतले कमि हुँदै गइरहेको छ । यही अनुसार अघि बढ्दै जाँदा आगामी ५० वर्षमा विश्वका ५० प्रतिशत मानिस पीता बन्न सक्दैनन् ।

पश्चिमा देशमा गरिएको यस्तो अध्ययनले पुरुषहरुलाई ४० देखि ५० वर्षमा नपुंसकतामा धकेल्न सक्ने बताइएको छ । अध्ययनले हरेक दिन शुक्रकिटको संख्यामा कमी आउँदै गएको देखाएको हो । यस्तो समस्या गतवर्षहरुमा पश्चिमा देशमा मात्रै देखिएकोमा अहिले दक्षिण एसिया लगायतका देशहरुमा पनि यो समस्या बढ्दै गएको बताइएको छ ।

सन् २०१० मा स्कटल्याण्डमा गरिएको अध्ययन अनुसार त्यहाँका पुरुषहरुमा हरेक वर्ष ३ प्रतिशतका दरले शुक्रकिटको उत्पादन संख्या कमि आएको देखाएको थियो । सोही कारण हुन सक्छ, अहिले विश्वभरी शुक्रकिट बैंक खुलेको पाउन सकिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here