जन्मिएर पृथ्वीमा म एउटा सार भए
धोकै धोका खाए पछि संसारको भार भए |
आशा बिस्वास धेरै साँचे , सुन्दर जीबन निर्माणको
आशा बिस्वास धेरै साँचे , सुन्दर जीबन निर्माणको
विश्वासघातले हरेस खाई , संसारको भार भए |
ठुलाहरुकै कानुन भयो , गरीबहरुलाई धोका
गालीगलौज सहि बस्दा , आज आफै हार खाए |
दिन रात काम गरी , बन्ला स्वर्ग ठाने मैले
दिन रात काम गरी , बन्ला स्वर्ग ठाने मैले
खान लाउन नपुगेर रिनको बोझको तार भए |
अन्यायलाई सहि बस्ने म त एउटा झार भए
अन्यायलाई सहि बस्ने म त एउटा झार भए
धोकै धोका खाए पछि , संसारको भार भए |
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार
हाल :- कतार
No comments:
Post a Comment