किन हो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 28, 2012

किन हो


पिरतिमा कण्टकारी रोप्यौ किन हो,
मंलाई देख्दा ति आंखालाई छोप्यौ किन हो,
मायाको बिउ छर्नभनि बुढा सुब्बा गईयो,
फर्कि आउंदा बिचमैं भाला घोप्यौ किन हो,
अर्चनाको संग संगै नाम गोदाउंनु थियो,
मैंले बांसमा तिम्ले घांसमा खोप्यौ किन हो,
पिरतिमा समर्पित यस्मैं मर्छु भन्थें,
बिष भिजेका तिखा बांणले कोप्यौ किन हो,
कस्तो स्वार्थपुर्ति गर्यौ बिटुलेर मांया,
कांचुली त्यो पिरतिको थोप्यौ किन हो ।

-------------------------------------

वेद थापा “बेहोशी” 
सेतिदोभान ७, स्यांजा ।।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here