बुढेस कालमा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 28, 2012

बुढेस कालमा


बुढेस कालमा फोस्रो माया,लाएर के काम्
मर्ने बेला मा हरियो काक्रो,पाएर के काम्||
माया लाई गीत बनाई,गुन गुनाउला भन्थे
स्वारै भासियो अब गीत्,,गाएर के काम्||
जती समय बग्दै गयो,,उमेर ढल्किदै छ
प्राण पंक्षी उड्ने बेला,,धाएर के काम्||
उमेर हुँदा बेला बखत्,भेट घाट हुनै गाह्रो
जुङ्गा दारी फुले पछि,,आएर के काम्||
हजारौ ति मन का रहर ,कुही नस्ट भए
बिना दाँतको मकै भट्मास्,खाएर के काम्||
-------------------
योगेन ढोली 
पन्चन १ सोलुखुम्बु

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here