हाम्रो मित्रता अमर रहोस !!! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 26, 2012

हाम्रो मित्रता अमर रहोस !!!


तपाईले मलाई नचिनेको पनि हुन सक्छ 
चिनेर कतै नजानिदै भुलेको हुन सक्छ 
यो कुनै चिन्नु पर्ने नाम त हुदै होइन 
तपाईको दुखमा पक्कै खुलेको हुन सक्छ
संसार सानो छ कतै हाम्रो भेट हुन सक्छ 
जिबनको चंगा कुनै दिन पनि चेट हुन सक्छ 
भेटमा तपाईले सागर मेरो साथी हो भानिदिदा 
यो नै मेरो जिबनको स्वर्ग जाने गेट हुन सक्छ
बैमनस्य त्यागौ मित्रता सबैलाई राम्रो लाग्छ 
मित्रतामा दुःख सुख एकको होइन हाम्रो लाग्छ 
अहमबादी र स्वार्थिहरू सकिए सजिलै यहाँ 
मित्रताले घाइते मनलाई समाल्ने काम्रो लाग्छ
------------------------------
Copyright@Saagar Silwal

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here