शंका - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 25, 2012

शंका


जनताको संघर्ष र बलिदान खेर पो जान्छ कि 
माछो माछो भ्यागुतो झैँ हेर पो हुन्छ कि |
संबिधान बन्ला भन्ने जनताहरुको बिस्वाश 
काशी मन्त्र लिदा लिदै बेर पो हुन्छ कि |
दिन रातै बार्ता गर्न रिसोर्टमा धाउने 
बार्ता भन्दा रक्सी पार्टी धेर पो हुन्छ कि |
संबिधानको कुरै हुन्न आफ्नै भाउ दाज्ने 
जनता उर्ली नेता सबलाई घेर पो हुन्छ कि |
बर्ष महिना पर्खिएको बिस्वाश खेर पो जान्छ कि 
माछो माछो भ्यागुतो झैँ हेर पो हुन्छ कि |

डम्बर पौडेल 
चानुवा- ८ , धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here